मुख्य समाचार
नुवाकोटका कैदीबन्दीहरुले एक–आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रूपमा यस वर्षको तिहार पर्व मनाए
नुवाकोटका कैदीबन्दीहरुले एक–आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रूपमा यस वर्षको तिहार पर्व मनाए

: केन्द्रीय कारागार नुवाकोटका कैदीबन्दीहरुले एक–आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रूपमा यस वर्षको तिहार पर्व मनाएका छन्। विदुर नगरपालिका–६ खम्पाक्याम्पमा रहेको केन्द्रीय कारागार नुवाकोटमा रहेका कैदीबन्दीले बिहीबार एकआपसमा भाइटीका लगाउनुका साथै सामूहिक रूपमा देउसी भैलो खेलेका हुन्।

विभिन्न मुद्दामा कैद सजाय पाएका तथा मुद्दा फैसला नहुन्जेलसम्मका लागि बन्दी जीवन बिताइरहेकाहरूले कारागारभित्रै एकआपसमा रमाइलो गर्दै तिहार मनाएको कारागार कार्यालयले जनाएको छ।


कारागारमा बन्दी जीवन व्यथित गरिरहेकाहरूले नै दाजुभाइ र दिदीबहिनी मानेर एकआपसमा भाइटीका लगाएको कारागार प्रशासनले जनाएको छ।

केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुलाई कारागारमै पुगेर बिहीबार दिनैभर आफ्ना दिदीबहिनी तथा दाजुभाइले भाइटीका लगाइदिएको कारागार प्रमुख तथा जेलर भेषवहादुर कुँवरले जानकारी दिए। कतिपय बन्दीहरुले कारागारमै दाजुभाइ तथा दिदीबहिनी मानेर सप्तरंगी टिका लगाए भने बन्दीहरूका दिदीबहिनी पनि कारागारमै आएर भाइटिका लगाइदिएको कुँवरले बताए।

खम्पाक्याम्पस्थित केन्द्रीय कारागार नुवाकोटमा रहेका ३७ महिलासहित आठसय ८९ जना कैदीबन्दीहरुले एकआपसमा खुसी साटासाट गर्दै दिदीबहिनीसँग भाइटीका लगाएर तिहार पर्व मनाएका हुन्। जेलर कुवरका अनुसार कारागारमा तीन वटा ब्लकमा रहेका बन्दीहरूका लागि त्रिपाल हालेर टिका लगाउने प्रबन्ध गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ । चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । उनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ...
एमाले महासचिव पोखरेल र काठमाडौंका मेयर बालेनबीच आरोप-प्रत्यारोप
: जेनजी युवाहरूले शुक्रबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् । जेनजी युवाहरूबीच एकता कायम हुनुपर्ने र शहीदको रगत नर्बिसन खबरदारी गर्न भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । शहीद र घाइतेका लागि पनि युवाहरू एकताबद्ध हुनुपर्ने उनीहरूको भनाइ छ । त्यस्तै उनीहरूले जेनजीको नाम बदनाम गर्ने प्रयास भएकाले सबै युवाहरू सहज हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् ...
: बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–६ सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडू्ले बताए। उनका अनुसार बिहीबार दिउँसो ४ बजेतिर घरबाट सिउडे जान्छु भनि हिँडेका बिष्ट आज मृत फेला परेका हुन्। बिहीबार अबेरसम्म घर नफर्केपछि घरपरिवारले बिष्टको खोजीका ...
: निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटा दल दर्ताको निवेदन आएको र ती दलको कागजात विचाराधीन रहेको आयोगले जनाएको छ। जेनजी आन्दोलनपछि युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ। निर्वाचन घोषणापछि धरान ...