मुख्य समाचार
प्रधानमन्त्रीले जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको बताएकी छन्
प्रधानमन्त्रीले जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको बताएकी छन्

: अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको बताएकी छन्। मंगलबजारमा नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिको कार्यक्रममा बोल्दै उनले सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको बताइन्।

‘२०८२ भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरुको अनाहकमा ज्यान गएको र सयौंको संख्यामा घाइते भएको घटनाले म अत्यन्त दुःखी छु। आज यस समारोहमार्फत पनि उक्त आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’ उनले भनिन्,‘सोही आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ। यस सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ। यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ। आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ।’

कार्कीले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको उल्लेख गरिन्।


नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो। यसका प्रवर्तक शंखधर साख्वा एक व्यापारी थिए। तर उनी केवल नाफा कमाउने व्यापारी मात्र नभएर एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व हुन्।

आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उनले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋणमोचन गरिदिनुभयो। ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय थियो। यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो। उनको यही सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप वि.सं. ९३६ मा नेपाल संवतको थालनी गरियो। यसैको सम्मानमा उनलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरियो। र, २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको छ। सरकारी कागजातमा नेपाल सम्बत् समेत उल्लेख गर्न थालिएको छ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘नेपाल संवत् नेपाली धर्तीमा उत्पत्ति भएको हो। नेपाली जनताले यसको प्रादुर्भाव गरेका हुन्। तसर्थ नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर हो यो संवत्। यस संवतको प्रवर्तन गर्ने ती महान् व्यक्तित्व साख्वाबाट आज पनि हामीले सिक्ने कुरा के छ भने व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई राखी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ । चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । उनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ...
एमाले महासचिव पोखरेल र काठमाडौंका मेयर बालेनबीच आरोप-प्रत्यारोप
: जेनजी युवाहरूले शुक्रबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् । जेनजी युवाहरूबीच एकता कायम हुनुपर्ने र शहीदको रगत नर्बिसन खबरदारी गर्न भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । शहीद र घाइतेका लागि पनि युवाहरू एकताबद्ध हुनुपर्ने उनीहरूको भनाइ छ । त्यस्तै उनीहरूले जेनजीको नाम बदनाम गर्ने प्रयास भएकाले सबै युवाहरू सहज हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् ...
: बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–६ सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडू्ले बताए। उनका अनुसार बिहीबार दिउँसो ४ बजेतिर घरबाट सिउडे जान्छु भनि हिँडेका बिष्ट आज मृत फेला परेका हुन्। बिहीबार अबेरसम्म घर नफर्केपछि घरपरिवारले बिष्टको खोजीका ...
: निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटा दल दर्ताको निवेदन आएको र ती दलको कागजात विचाराधीन रहेको आयोगले जनाएको छ। जेनजी आन्दोलनपछि युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ। निर्वाचन घोषणापछि धरान ...