मुख्य समाचार
चीनको कम्युनिष्ट पार्टीले सेनामा भ्रष्टाचार विरोधी अभियानको निरीक्षण गर्ने एक वरिष्ठ अधिकारीलाई देशको दोस्रो सर्वोच्च जनरल नियुक्त
चीनको कम्युनिष्ट पार्टीले सेनामा भ्रष्टाचार विरोधी अभियानको निरीक्षण गर्ने एक वरिष्ठ अधिकारीलाई देशको दोस्रो सर्वोच्च जनरल नियुक्त

: चीनको कम्युनिष्ट पार्टीले सेनामा भ्रष्टाचार विरोधी अभियानको निरीक्षण गर्ने एक वरिष्ठ अधिकारीलाई देशको दोस्रो सर्वोच्च जनरल नियुक्त गरेको छ।

नौ जना सेना प्रमुखलाई बर्खास्त गरिएको केही दिनपछि चीनले यो कदम चालिएको हो।


चार दिने केन्द्रीय समितिको बैठक केन्द्रीय सैन्य आयोगको दोस्रो श्रेणीको उपाध्यक्षको रूपमा झाङ शेङमिनको नियुक्तिको घोषणासँगै सम्पन्न भयो।

झाङ अब देशको शीर्ष सैन्य निकायमा पहिलो श्रेणीका उपाध्यक्ष तथा राष्ट्रपति सी जिनपिङपछि तेस्रो सबैभन्दा वरिष्ठ अधिकारी बनेका छन्।

गम्भीर आर्थिक अपराधको आरोपमा गत हप्ता नौ जना जनरल निष्कासित गरिएको चीनको रक्षा मन्त्रालयले भनेको छ।

तर विश्लेषकहरूले यसलाई राजनीतिक शुद्धीकरण अभियानको रूपमा पनि हेर्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी वित्त विभागले इरानी तेलमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ । यो तेल अहिले समुद्रमा छ । जसलाई बढीभन्दा बढी देशहरूलाई बिक्री गर्न अनुमति दिइएको छ । अमेरिकाले वैश्विक बजारमा तेलको मूल्य कम राख्न उक्त कदम चालेको बीबीसीले जनाएको छ । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले एक्समार्फत् यो अल्पकालिक अनुमतिले झण्डै १४ करोड ब्यारेल तेल वैश्विक बजारमा ...
। मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो। आक्रमण ...
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब यूरोको ‘सैन्य ऋण’ रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन् । ब्रसेल्समा आयोजित ईयू शिखर सम्मेलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै ओर्बानले युक्रेनले ’द्रुज्बा’ पाइपलाइनबाट हुने रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाएसम्म हंगेरीले यो ऋण स्वीकृत नगर्ने अडान दोहोर्‍याएका छन् । सन् २०२५ को डिसेम्बरमा ईयू काउन्सिलले यो कोष ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी भीषण युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका छन् । ब्रसेल्समा आयोजित एक कार्यक्रममा बोल्दै गुटेरेसले भने , ‘मलाई विश्वास छ कि यो युद्ध रोक्ने शक्ति अमेरिकाको हातमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेमा यो सम्भव छ।’ उनका अनुसार इजरायलले इरानको सैन्य क्षमता पूर्ण रूपमा नष्ट ...
इरानमा युद्ध सुरु भएदेखि ३ हजार १०० भन्दा बढी मानिसहरू मारिएका छन् । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले इरानमा मृत्यु हुनेको संख्याको बारेमा नयाँ अपडेट जारी गरेको हो । एजेन्सीका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको छ । एचआरएएनएका अनुसार मृत्यु हुनेमा कम्तीमा २१० बालबालिका सहित १ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम