मुख्य समाचार
गृहमन्त्री अर्यालले ओली कानुनभन्दा माथि नभएको बताए
गृहमन्त्री अर्यालले ओली कानुनभन्दा माथि नभएको बताए

। गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन् । ओलीमाथि अनुसन्धान हुनसक्ने संकेत गर्दै उनले अब पहिलेजस्तो नहुने बताए ।

सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ओलीलाई बाहिर जान नदिने कुरा सरकारले नभएर न्यायिक जाँचबुझ आयोगले भनेको प्रष्ट पारे ।

ओलीले गृहमन्त्रीलाई बाहिर जानबाट रोक्न चुनौती दिएको बारे सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘आयोगले गरेको हो ।आयोगलाई भन्नुपर्‍यो नि, सरकारले गरेको होइन नि उहाँलाई ।’

ओलीले आफूलाई समाएर देखाउन चुनौती दिएको प्रश्नमा गृहमन्त्री अर्यालले भने, ‘त्यो कानुन मान्दिनँ भनेको हो उहाँले ।’

अर्यालले थपे, ‘केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने, पहिलाको त्यस्तो थियो, अब त्यस्तो हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई चट्याङको संज्ञा दिएका छन् । सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयको प्राङ्गणमा पत्रकारहरूसँग कुरा गर्दै शिक्षामन्त्री पुनले जेनजीयुवाहरुको आन्दोलन आँधिहुरीपछि परेको चट्याङ जस्तै भएको तुलना गरे । उनले भने, ‘अहिले अवस्था भनेको संक्रमणकालीन अवस्था हो। जेनजी आन्दोलन भनेको चट्याङै हो। यसलाई चट्याङसँग तुलना गर्न ...
। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयलाई राम्रो बनाउने विषयमा छलफल भइरहेको जानकारी गराएकी छिन् । सोमबार मन्त्रालयका एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले विश्वविद्यालयमा राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आएको बताए । ‘भिसि (कुलपति) हरूसँग पनि छलफल भएको छ । विश्वविद्यालय अनुदान आयोग अन्तर्गत विश्वविद्यालयलाई कसरी राम्रो बनाउन छलफल भएका छन्,’ मन्त्री पुनले भने, ‘राजनीतिकरण निर्मुल ...
। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् । आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताएकी छिन् । ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,’ उनले ...
। प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित मनहरा सुकुमबासी बस्तीमा ७ राउण्ड गोली भेटाएको छ । सोमबार सुकुम्बासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा थ्रीनटथ्री राइफलको ५ राउण्ड गोली र एसएलआरको २ राउण्ड गोलीसहित ७ राउण्ड गोली भेटाएको हो । उक्त गोली कात्तिक २ गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले भेटाएको हो । बरामद उक्त गोलीबारे थप ...
। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनको क्रममा उत्तरपुस्तिका जलेसँगै पुन: परीक्षा गर्न खर्चिलो हुने बताएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् । जेनजी आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालयहरू जल्दा त्यहाँ राखिएका धेरै उत्तरपुस्तिका जलेका छन् । ‘आन्दोलनमा उत्तरपुस्तिका जलेकाले फेरि परीक्षा गर्न १ करोड ७५ लाख खर्च हुने रहेछ,’ ...