मुख्य समाचार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी रुट कायम गरेको छ
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी रुट कायम गरेको छ

। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी रुट कायम गरेको छ । वर्षात्को मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जङ्गल सफारी गर्न निकुञ्ज खुला गरिएको हो ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीका अनुसार पर्यटक प्रवेशका लागि रुट कायम गरिएको हो । निकुञ्जको मुख्य आकर्षण मानिने शुक्लाफाँटा घाँसेमैदानका भित्री फाँटमा वर्षाको पानी अझै जमिरहेकाले सो क्षेत्रमा हालका लागि सवारी साधन आवतजावतमा गर्न कठिनाइ हुने भएकाले रुट कायम गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सहज प्रवेशका लागि रुट सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

चौधरीका अनुसार मझगाउँ–बर्कौला-शुक्लाफाँटा–सिंहपुर–रानीताल–बाबाताल हुँदै पुनःमझगाउँसम्मको रुट पर्यटकका लागि कायम गरिएको छ । बाबातालबाट पनि प्रवेश गरी मझगाउँ पुग्नसक्ने व्यवस्था गरिएको छ ।

‘यी दुवै रुट पुरानै हुन्’, निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले भने, ‘मुख्य रुटमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्थामा छन्, घाँसेमैदानभित्रका फाँटहरूमा अहिले पनि पानी जमेको भएकाले हालका लागि गाडी प्रवेश गराउन सकिने अवस्था छैन ।’ निर्धारित रुटमार्फत पर्यटकले घना जङ्गल, वन्यजन्तु र प्राकृतिक दृश्यको अवलोकन गर्न सक्ने उनले बतााए ।


निकुञ्जमा अहिले चितुवा, हात्ती, बाघ, गैँडा, हरिण, मृग, नीलगाई र विभिन्न प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । साथै, शुक्लाफाँटाको विशेषता मानिने घाँसेमैदान, बाबाताल, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, रानी ताल र बर्कौला क्षेत्र निकुञ्जभित्रका मुख्य पर्यटकीय आकर्षणका बिन्दु हुन् ।

सूचना अधिकारी बाग्लेका अनुसार वर्षाको पानी सुकेपछि शुक्लाफाँटाका घाँसेमैदानभित्रका सडक पुनःपर्यटकका लागि सफारी सञ्चालन गरिनेछ । “हाल पर्यटकको सहज आवागमनलाई प्राथमिकता दिँदै रुट सीमित गरिएको हो’, उनले भने, ‘पानी सुकेपछि पूर्ववर्ती रुपमै सफारी सञ्चालन हुनेछ ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालको पश्चिमी भूभागमा अवस्थित एकमात्र घाँसेमैदानयुक्त निकुञ्जका रूपमा रहेको छ । जहाँ विश्वकै दुर्लभ स्वाम्प डियर (बाह्रसिङ्गा) को महत्वपूर्ण बासस्थान मानिने उनले जानकारी दिनुभयो । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताएका छन्। मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज पत्रकार सम्मेलन आयोजना गरी उनले खोजबिन समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने बताए। ‘त्रिभुवन विश्वविद्यालयको जग्गा हड्पेर धेरै वर्षदेखि उपयोग गरेर नाजायज फाइदा लिइरहेको ...
: मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन्। दसैँ तथा तिहार पर्वको बिदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन। यहाँको कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ...
। भारतको शिलोङमा हुने मैत्रीपूर्ण फुटबल खेल खेल्न जाने नेपाली महिला फुटबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले बिदाइ गरे । नेपाली टोलीले ७ गते इरान र १० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल ...
: प्यालेस्टिनी विद्रोही समूहले बन्धक बनाएको अवस्थामा मारिएका कञ्चनपुरका विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएका छन्। त्यसअघि सशस्त्र प्रहरीको एउटा टुकडीले सलामी अर्पण गरेको थियो। अन्त्येष्टिअघि विपिनको शवयात्रा निकालिएको थियो। शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका इजरायली प्रतिनिधिको टोली,आफन्त र स्थानीयको बाक्लो उपस्थिति रहेको ...
। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई चट्याङको संज्ञा दिएका छन् । सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयको प्राङ्गणमा पत्रकारहरूसँग कुरा गर्दै शिक्षामन्त्री पुनले जेनजीयुवाहरुको आन्दोलन आँधिहुरीपछि परेको चट्याङ जस्तै भएको तुलना गरे । उनले भने, ‘अहिले अवस्था भनेको संक्रमणकालीन अवस्था हो। जेनजी आन्दोलन भनेको चट्याङै हो। यसलाई चट्याङसँग तुलना गर्न ...