मुख्य समाचार
निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन लिएर पुग्नेको संख्या १७ पुगेको
निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन लिएर पुग्नेको संख्या १७ पुगेको

। निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन लिएर पुग्नेको संख्या १७ पुगेको छ । आयोगका अनुसार १७ वटै दल दर्ताको प्रक्रियामा रहेका छन् ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जेनजी आन्दोलन अगाडि दल दर्ताका लागि दश वटा निवेदन परेका थिए । जेनजी आन्दोलनपछि थप सात दल दर्ताका लागि निवेदन परेको छ । १७ वटै निवेदनमाथि आयोग अध्ययनको क्रममा छ ।

सूचना अधिकारी घिमिरेका अनुसार दर्ता भएका दलको संख्या १२४ रहेको छ । निवेदन दिएका सबै दल दर्ता भए दलको संख्या अझ बढ्नेछ ।

यस बीचमा दुई वटा पार्टी फुटेर दर्ता भएका छन् । जनमत पार्टी फुटेर जनस्वराज पार्टी दर्ता भएको छ । नेपाल जनमुक्ति पार्टी फुटेर नयाँ दल दर्ता भएको छ ।

दर्ता हुन बाँकी रहेका दलहरूको विवरण अध्ययन गर्ने काम भइराखेको आयोगले जनाएको छ । कुनै दलको विधान स्पष्ट हुनुपर्ने, कुनैको सनाखतका लागि आवश्यक संख्या नपुग्ने लगायतका समस्या रहेका छन् ।

कुनै दलले प्रस्ताव गरेको चुनाव चिन्ह फेर्न आयोगले भनेको छ ।

राष्ट्रिय जेनजी पार्टी नेपालले चुनाव चिन्ह ‘क्रस खुकुरी’ प्रस्ताव गरेको छ । आयोगले यो चुनाव चिन्ह फेर्न आग्रह गरेको छ ।

राष्ट्रिय परिवर्तन पार्टी दल दर्ताको प्रक्रियामा छ । यसको अध्यक्षमा अजयकुमार छन् र चुनाव चिन्ह बाँसुरी प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको छ ।

नेपाल लिबरल पार्टी नामक पार्टी दर्ताका लागि पुगेको छ । यो पार्टीको अध्यक्षमा गोपीलाल न्यौपाने छन् । चुनाव चिन्ह सिक्का रहेको छ ।

यसअगाडि नै नेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले दल दर्ताको निवेदन दिएका छन् ।

श्रम संस्कृति पार्टीको अध्यक्षमा धरानका मेयर हर्क साम्पाङ रहेका छन् । गतिशिल लोकतान्त्रिक पार्टीको अध्यक्षमा दिनेश प्रसाईं रहेका छन् ।

सबै दलको विवरण हर्ने काम भइराखेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताएका छन्। मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज पत्रकार सम्मेलन आयोजना गरी उनले खोजबिन समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने बताए। ‘त्रिभुवन विश्वविद्यालयको जग्गा हड्पेर धेरै वर्षदेखि उपयोग गरेर नाजायज फाइदा लिइरहेको ...
: मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन्। दसैँ तथा तिहार पर्वको बिदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन। यहाँको कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ...
। भारतको शिलोङमा हुने मैत्रीपूर्ण फुटबल खेल खेल्न जाने नेपाली महिला फुटबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले बिदाइ गरे । नेपाली टोलीले ७ गते इरान र १० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल ...
: प्यालेस्टिनी विद्रोही समूहले बन्धक बनाएको अवस्थामा मारिएका कञ्चनपुरका विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएका छन्। त्यसअघि सशस्त्र प्रहरीको एउटा टुकडीले सलामी अर्पण गरेको थियो। अन्त्येष्टिअघि विपिनको शवयात्रा निकालिएको थियो। शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका इजरायली प्रतिनिधिको टोली,आफन्त र स्थानीयको बाक्लो उपस्थिति रहेको ...
। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई चट्याङको संज्ञा दिएका छन् । सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयको प्राङ्गणमा पत्रकारहरूसँग कुरा गर्दै शिक्षामन्त्री पुनले जेनजीयुवाहरुको आन्दोलन आँधिहुरीपछि परेको चट्याङ जस्तै भएको तुलना गरे । उनले भने, ‘अहिले अवस्था भनेको संक्रमणकालीन अवस्था हो। जेनजी आन्दोलन भनेको चट्याङै हो। यसलाई चट्याङसँग तुलना गर्न ...