मुख्य समाचार
सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई पनि दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने
सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई पनि दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने

। सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई पनि दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरको भीमदत्त नगरपालिकाका जोशीको परिवारलाई पनि प्रदेश सरकारले मानविय सहायता स्वरुप दुई लाख रूपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ ।




मुख्यमन्त्री कमलबहादुर शाहले २३ असोज २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुसार जोशीको परिवारलाई सहयोग गरिने बताए ।

सरकारले त्यो बेला जोशीसहित हमासको आक्रमणमा ज्यान गुमाएका अन्य विद्यार्थीका परिवारका सदस्यतलाई पनि जनही २/२ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।




निर्णय बमोजिम प्रदेश सरकारले मृतक ७ जनाका परिवारलाई सहयोग बापतको चेक हस्तान्तरण गरेको थियो ।

तर सो समयमा विपीन जोशीको अवस्था अज्ञात थियो । गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

सन् २०२३ अक्टोबर ७ मा सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा “लर्न एन्ड अर्न“ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका मध्ये १० जना नेपाली विद्यार्थीको इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएको थियो ।

साथै मुख्यमन्त्री शाहले स्वर्गीय विपिन जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारजनमा हार्दिक सवेदना व्यक्त गरेका छन् ।

इजरायलबाट काठमाडौं ल्याइएको शव नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याउने तयारी छ ।

धनगढीबाट सेनाले नै उनको घरसम्म शव पुगाउने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताएका छन्। मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज पत्रकार सम्मेलन आयोजना गरी उनले खोजबिन समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने बताए। ‘त्रिभुवन विश्वविद्यालयको जग्गा हड्पेर धेरै वर्षदेखि उपयोग गरेर नाजायज फाइदा लिइरहेको ...
: मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन्। दसैँ तथा तिहार पर्वको बिदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन। यहाँको कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ...
। भारतको शिलोङमा हुने मैत्रीपूर्ण फुटबल खेल खेल्न जाने नेपाली महिला फुटबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले बिदाइ गरे । नेपाली टोलीले ७ गते इरान र १० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल ...
: प्यालेस्टिनी विद्रोही समूहले बन्धक बनाएको अवस्थामा मारिएका कञ्चनपुरका विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएका छन्। त्यसअघि सशस्त्र प्रहरीको एउटा टुकडीले सलामी अर्पण गरेको थियो। अन्त्येष्टिअघि विपिनको शवयात्रा निकालिएको थियो। शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका इजरायली प्रतिनिधिको टोली,आफन्त र स्थानीयको बाक्लो उपस्थिति रहेको ...
। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई चट्याङको संज्ञा दिएका छन् । सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयको प्राङ्गणमा पत्रकारहरूसँग कुरा गर्दै शिक्षामन्त्री पुनले जेनजीयुवाहरुको आन्दोलन आँधिहुरीपछि परेको चट्याङ जस्तै भएको तुलना गरे । उनले भने, ‘अहिले अवस्था भनेको संक्रमणकालीन अवस्था हो। जेनजी आन्दोलन भनेको चट्याङै हो। यसलाई चट्याङसँग तुलना गर्न ...