मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा)ले महासचिव किरण राईलाई निलम्बन गरिएको बारे कुनै जानकारी नभएको
अखिल नेपाल फुटबल संघ (एन्फा)ले महासचिव किरण राईलाई निलम्बन गरिएको बारे कुनै जानकारी नभएको

। अखिल नेपाल फुटबल संघ (एन्फा)ले महासचिव किरण राईलाई निलम्बन गरिएको बारे कुनै जानकारी नभएको बताएको छ ।

आइतबार कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई पदबाट निलम्बन गरेपछि एन्फाले विज्ञप्ति जारी गरेर राईको निलम्बनबारे एन्फाको सचिवालयमा कुनै जानकारी नभएको बताएको हो ।


‘एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्‌काले एन्फा महासचिव किरण राईलाई स्पष्टिकरण माग गरिएको भनि विभिन्न सञ्चार माध्ययमा आएको समाचार साथै मिति २०८२-०७-०२ मा पुनः वरिष्ठ उपाध्यक्षले महासचिवलाई निलम्बन गरिएको भनेर प्रकाशित भएको समाचारहरु प्रती हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’ एन्फा प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयहरुको सन्दर्भमा अखिल नेपाल फुटबल संघ एन्फाको सचिवालयलाई कुनै आधिकारीक जानकारी समेत नभएको र उक्त दुवै पत्रहरु एन्फाकार्यालय बाट प्रेषित नभएको साथै उक्त पत्र दर्ता, चलानी, संस्थाको छाप संघको आधिकारिक नभएको जानकारी गराउँदछु।’

यसअघि महासचिव राईलाई स्पष्टीकरण सोधेर तीन दिनभित्र जवाफ पेश गर्न भनेका खड्काले जवाफ प्राप्त नभएकाले राईको नाममा पत्र काटेर अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरेका थिए ।

केही दिनअघि खड्काले पत्रकार सम्मेलन गरेर एन्फामा अर्ली इलेक्सनको मागसहित नेतृत्वलाई जिम्मेवारी छाड्न समेत आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...