मुख्य समाचार
छानबिन प्रक्रिया प्रभावित पार्ने गरी बीपी प्रतिष्ठानको फार्मेसीमा शंकास्पद गतिविधि
छानबिन प्रक्रिया प्रभावित पार्ने गरी बीपी प्रतिष्ठानको फार्मेसीमा शंकास्पद गतिविधि

: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको घोटालाबारे छानबिन समिति समितिको गतिविधि शंकास्पद गतिविधि रहेको खुलासा भएको छ। करिब ५० लाख रुपैयाँ बराबरको औषधि घोटाला प्रकरणको छानबिन गर्न समिति गठन भएपछि पनि फार्मेसीमा शंकास्पद गतिविधि बढ्दै गएर छानबिन प्रक्रिया नै प्रभावित पार्ने प्रयास भइरहेको खुलासा भएको हो।

अन्नपूर्ण पोस्टमा फार्मेसीमा भएको औषधि घोटालासम्बन्धी समाचार सार्वजनिक भएपछि प्रतिष्ठानले पाँच सदस्यीय विशेष छानबिन समिति गठन गरेको थियो। समितिको संयोजक हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पोखरेल छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

औषधि घोटालामा अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद, तत्कालीन डेपुटी निर्देशक डा. लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन, कर्मचारी विवेक दाहाल र ठेकेदार कम्पनी केटिएम सेक्युरिटी प्रालीका प्रतिनिधिहरूको संलग्नता देखिएको छ। फार्मेसीमा ३६ लाख बराबरको औषधि हराएको, ४ लाखको हिसाब गडबडी भएको र १४ लाखभन्दा बढी मूल्यको औषधि म्याद सकिएको पाइएको छ।


तर, छानबिन सुरु भइसकेपछि पनि आरोपित निर्देशक जगतनारायण प्रसादले आफूखुसी फार्मेसी खोल्ने र शंकास्पद गतिविधि सञ्चालन गर्ने प्रयास गरेको पाइएको छ। प्रतिष्ठानका रजिस्ट्रार सुर्यप्रसाद सङ्ग्रौलाले फार्मेसीमा चार–पाँच जना कर्मचारी संलग्न रहेको र उनीहरू सटर खोलेर भित्र पसी शंकास्पद गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको बताए। उनले फार्मेसीमा भएको संकास्पद गतिविधि भएपछि कर्मचारी प्रशासन शाखाबाट कर्मचारीले मुचुल्का तयार गरिएको बताए । त्यसपछि प्रतिष्ठानले फार्मेसीमा नयाँ ताला लगाएको छ।

छानबिन समितिका संयोजक डा. पोखरेलले समितिलाई कुनै जानकारी नदिई यस्तो गतिविधि सञ्चालन गरिएको बताए। उनले यस्तो कदमले छानबिनमा बाधा पुर्‍याउने स्पष्ट संकेत गरेको बताए। अहिले फार्मेसी बन्द हुँदा हजारौं बिरामीहरू औषधि पाउनबाट बञ्जित भएका छ्न् । प्रतिष्ठानका डेपुटी निर्देशक इन्द्र लिम्बुले दोषीलाई कारबाही गरी प्रतिष्ठानलाई पारदर्शिता र सुधारतर्फ कदम चाल्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले बनाए शतक
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले बदर
एरिक भ्याली र क्याराभान फिल्मबारे १० तथ्य
अर्थतन्त्रको सबलीकरण र सुशासन
। नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूको समूहले संस्थापन पक्षका केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गरेको छ । करिब ७५ जना संस्थापन पक्षका केन्द्रीय सदस्यसहित मंगलबार भएको छलफलमा पूर्व पदाधिकारीहरूमध्येबाट एक जना सभापतिको उम्मेदवार बन्न आग्रह गरिएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, सभापतिका लागि एक जनाको नाममा सहमति जुटाएर छिटोभन्दा छिटो सहमतिमा पुग्न आग्रह गरिएको हो । मंगलबारको ...