मुख्य समाचार
छानबिन प्रक्रिया प्रभावित पार्ने गरी बीपी प्रतिष्ठानको फार्मेसीमा शंकास्पद गतिविधि
छानबिन प्रक्रिया प्रभावित पार्ने गरी बीपी प्रतिष्ठानको फार्मेसीमा शंकास्पद गतिविधि

: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको घोटालाबारे छानबिन समिति समितिको गतिविधि शंकास्पद गतिविधि रहेको खुलासा भएको छ। करिब ५० लाख रुपैयाँ बराबरको औषधि घोटाला प्रकरणको छानबिन गर्न समिति गठन भएपछि पनि फार्मेसीमा शंकास्पद गतिविधि बढ्दै गएर छानबिन प्रक्रिया नै प्रभावित पार्ने प्रयास भइरहेको खुलासा भएको हो।

अन्नपूर्ण पोस्टमा फार्मेसीमा भएको औषधि घोटालासम्बन्धी समाचार सार्वजनिक भएपछि प्रतिष्ठानले पाँच सदस्यीय विशेष छानबिन समिति गठन गरेको थियो। समितिको संयोजक हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पोखरेल छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

औषधि घोटालामा अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद, तत्कालीन डेपुटी निर्देशक डा. लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन, कर्मचारी विवेक दाहाल र ठेकेदार कम्पनी केटिएम सेक्युरिटी प्रालीका प्रतिनिधिहरूको संलग्नता देखिएको छ। फार्मेसीमा ३६ लाख बराबरको औषधि हराएको, ४ लाखको हिसाब गडबडी भएको र १४ लाखभन्दा बढी मूल्यको औषधि म्याद सकिएको पाइएको छ।


तर, छानबिन सुरु भइसकेपछि पनि आरोपित निर्देशक जगतनारायण प्रसादले आफूखुसी फार्मेसी खोल्ने र शंकास्पद गतिविधि सञ्चालन गर्ने प्रयास गरेको पाइएको छ। प्रतिष्ठानका रजिस्ट्रार सुर्यप्रसाद सङ्ग्रौलाले फार्मेसीमा चार–पाँच जना कर्मचारी संलग्न रहेको र उनीहरू सटर खोलेर भित्र पसी शंकास्पद गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको बताए। उनले फार्मेसीमा भएको संकास्पद गतिविधि भएपछि कर्मचारी प्रशासन शाखाबाट कर्मचारीले मुचुल्का तयार गरिएको बताए । त्यसपछि प्रतिष्ठानले फार्मेसीमा नयाँ ताला लगाएको छ।

छानबिन समितिका संयोजक डा. पोखरेलले समितिलाई कुनै जानकारी नदिई यस्तो गतिविधि सञ्चालन गरिएको बताए। उनले यस्तो कदमले छानबिनमा बाधा पुर्‍याउने स्पष्ट संकेत गरेको बताए। अहिले फार्मेसी बन्द हुँदा हजारौं बिरामीहरू औषधि पाउनबाट बञ्जित भएका छ्न् । प्रतिष्ठानका डेपुटी निर्देशक इन्द्र लिम्बुले दोषीलाई कारबाही गरी प्रतिष्ठानलाई पारदर्शिता र सुधारतर्फ कदम चाल्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम