: झोलुङ्गे पुलबाट त्रिशूलीमा हाम्फालेर गोरखाका एक पुरुष बेपत्त भएका छन् । गण्डकी गाउँपालिका १ मकैसिङका ४३ वर्षीय दिने अधिकारी सोमबार १० बजेतिर शहिदलखन गाउँपालिका ४ राईनास र चितवनको ईच्छाकामना गा.पा. ३ कुरिनघाट जोड्ने झोलुङगे पुलबाट हाम्फालेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।
स्थानीयबाट सूचना पाउने बित्तिकै प्रहरी चौकी कुरिनटर र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार चितवनबाट गोताखोरसहितको टोली उद्धारका लागि खटिएका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
सो झोलुङ्गे पुलमा अधिकारीले प्रयोग गर्ने गरेको मोबाइल र कपडा फेला परेको उनले जानकारी दिए ।