। ललितपुरबाट प्रहरीले जुवातास खेलिरहेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका-१ रातामकै चोकमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१३ घर भएका जीवन थापाले सञ्चालन गरेको स्वाद रेस्टुरेन्टमा जुवातास खेलिरहेका थापासहित १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा प्रहरी वृत सातदोबाटोबाट खटिएको टोलीले उनीहरूको साथबाट ८ लाख ७५ हजार १८५ रुपैयाँ नगद र ८ बुक तास समेत बरामद गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली, ललितपुर, भक्तपुर, नुवाकोट, डोटी, काभ्रे, काठमाडौं र ओखलढुङ्गाका विभिन्न स्थानका व्यक्तिहरू छन्।