मुख्य समाचार
सुनसरी प्रहरीले लागूऔषध कारोबारमा संलग्न ७ जना कारोबारीलाई पक्राउ
सुनसरी प्रहरीले लागूऔषध कारोबारमा संलग्न ७ जना कारोबारीलाई पक्राउ

: सुनसरी प्रहरीले लागूऔषध कारोबारमा संलग्न ७ जना कारोबारीलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको छुट्टाछुट्टै कारबाहीमा प्रहरीले जिल्लाको धरान र इनरुवा र रामधुनीबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख डीएसपी योगराज खतिवडाले बताए।


विशेष सूचनाका आधारमा आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले इनरुवा नगरपालिका–४, बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार भइरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो। आइतबार लौकहीबाट इटहरीतर्फ पैदल जाँदै गरेका इटहरी उपमहानगरपालिका–१८ का ३४ वर्षीय राजु चौधरी र रामधुनी नगरपालिका–४ का २८ वर्षीय रोशन हरिजनलाई चेकजाँच गर्दा राजु चौधरीको गुप्ताङ्गको भागमा लुकाइराखिएको १९.६९ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। दुवैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए।


इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले रामधुनी नगरपालिका–६ स्थित सुमनकुमार चौधरीको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ५.७३ ग्राम ब्राउन सुगर फेला पारेको छ। सो क्रममा घरधनी २५ चौधरी र उनीसँगै रहेका धरान उपमहानगरपालिका–८ का ३१ वर्षीय सुमन राईलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको डीएसपी खतिवडाले बताए।

त्यसै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको अर्को टोलीले धरान उपमहानगरपालिका–११ मा विकास परियारको घरमा खानतलासी गर्दा डेकोलिक ५०० र ट्रामोल ५०० ट्याब्लेट फेला पारेको छ। उक्त लागूऔषधसहित ३१ वर्षीय विकास परियार, २२ वर्षीय विजय परियार र ३६ वर्षीय इन्द्र राईलाई नियन्त्रणमा लिइएको खतिवडाले बताए। दुबै घटनामा पक्राउ परेकाहरूमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक कानुनी कारबाहीअघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई वार्ताका लागि आह्वान गरेकी छिन् । अघिल्लो निर्वाचनबाट राष्ट्रिय मान्य प्राप्त दलहरूलाई आगामी २१ फागुनका लागि तय भएको निर्वाचनबारे छलफल गर्न बोलाइएको प्रधानमन्त्रीको सचिवालय सम्बद्ध स्रोतले जानकारी दिएको छ । छलफल आगामी मंगलबार (४ कात्तिक) मा हुने तालिका तय भएको छ । ‘केही दलहरूलाई निम्तो पठाइसकिएको छ,’ प्रधानमन्त्री कार्यालय निकट स्रोतले भन्यो, ...
: झोलुङ्गे पुलबाट त्रिशूलीमा हाम्फालेर गोरखाका एक पुरुष बेपत्त भएका छन् । गण्डकी गाउँपालिका १ मकैसिङका ४३ वर्षीय दिने अधिकारी सोमबार १० बजेतिर शहिदलखन गाउँपालिका ४ राईनास र चितवनको ईच्छाकामना गा.पा. ३ कुरिनघाट जोड्ने झोलुङगे पुलबाट हाम्फालेर बेपत्ता भएका प्रहरीले जनाएको छ । स्थानीयबाट सूचना पाउने बित्तिकै प्रहरी चौकी कुरिनटर र विपद व्यवस्थापन तालिम ...
। ललितपुरबाट प्रहरीले जुवातास खेलिरहेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका-१ रातामकै चोकमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१३ घर भएका जीवन थापाले सञ्चालन गरेको स्वाद रेस्टुरेन्टमा जुवातास खेलिरहेका थापासहित १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा प्रहरी वृत सातदोबाटोबाट खटिएको टोलीले उनीहरूको साथबाट ८ लाख ७५ हजार १८५ रुपैयाँ ...
: सार्वजनिक भवनहरु जोगाउन नसकेको भन्दै सैनिक मुख्यालयले नेपाली सेनाका ३ जना कमाण्डरलाई नियन्त्रणमा लिएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले उक्त घटनामा के कसो भएको हो बुझ्न २/३ जना कमाण्डरलाई हेडक्वाटर झिकाइएको हो। तर उनले पूर्व विवरण बताउन भने इन्कार गरे। बस्नेतले उनीहरुमाथि थप अनुसन्धान बाँकी रहेकाले हाललाई जानकारी दिन नमिल्ने बताए। उनले अन्नपूर्णसँग भने, ...
। शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री महावीर पुनले आफूसँग पनि रोलेक्स घडी रहेको तर हातमा लगाएर नहिँडेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा रोलेक्स घडीको तस्वीर राख्दै उनले आफूसँग पनि रहेको जानकारी दिएका हुन् । तर उनले उक्त घडी आफैंले नकिनी ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना बृद्ध दम्पतिले फुङलिङ बजारमा उपहारस्वरुप दिएको बताएका ...