मुख्य समाचार
राष्ट्र बैंकले बेच्यो तिहार लक्षित ४१० किलो चाँदी
राष्ट्र बैंकले बेच्यो तिहार लक्षित ४१० किलो चाँदी

। नेपाल राष्ट्र बैंकले आइतबारसम्म ४ सय १० किलो चाँदी बेचेको छ ।

केन्द्रीय बैंकले पछिल्लो समय तिहार लक्षित चाँदीका सिक्का मार्फत उक्त परिमाणको चाँदी बिक्री गरेको हो ।

सुनको मूल्य र आपूर्तिका कारण केन्द्रीय बैंकले यसपालि सुनका असर्फी सर्वसाधारणलाई बिक्री गरेन । केन्द्रीय बैंकले सुनका असर्फी नयाँ नछापेका कारण सर्वसाधारणलाई बिक्री नगरेको जनाएको छ ।

राष्ट्र बैंकको टक्सार महाशाखाले तिहार लक्षित १०/१० ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्का बिक्री गरेको छ । ती सिक्का बिक्री गर्दा कुल चाँदी परिमाण ४ सय १० किलो बराबर भएको केन्द्रीय बैंकले जनाएको छ ।


गत वर्ष धनतेरसमा केन्द्रीय बैंकले सर्वसाधारणलाई करिब ११ किलो सुन बिक्री गरेको थियो । केन्द्रीय बैंकले यमपञ्चक सुरु हुनुभन्दा अघिल्लो दिन अर्थात् धनतेरसमा ११.३ किलो सुन र १७१.५ किलो चाँदी बेचेको थियो ।

टक्सार महाशाखाका अनुसार २.५ ग्रामका सुनका असर्फी ४ हजार ५ सय २० थान बिक्री भएका थिए । यो वर्ष सुनका सिक्का नदिँदा चाँदीका सिक्का बिक्री बढेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...
। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको हो । कुल ९ जनाको आवेदन ...
: धनगढीका हेमराज जोशीले साउन महिनाको पाक्षिक बम्पर पुरस्कार जितेका छन्। उनले २ सय ५० रुपैयाँको बिजुलीको बल्ब किन्दा १० लाख राशिको उपहार पाएका हुन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको पहिलो पाक्षिकका बम्पर उपहार र एक लाख रुपैयाँ विजेता दुई जनालाई पुरस्कार रकम हस्तान्तरण गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित साउन महिनाको दोस्रो ...