मुख्य समाचार
पर्सामा ५ लाख ४७ हजार ३११ जनालाई हैजा विरुद्धको खोप खुवाइएको छ
पर्सामा ५ लाख ४७ हजार ३११ जनालाई हैजा विरुद्धको खोप खुवाइएको छ

: पर्सामा ५ लाख ४७ हजार ३११ जनालाई हैजा विरुद्धको खोप खुवाइएको छ। विश्व स्वास्थ्य संगठनको सहकार्यमा स्वास्थ्य कार्यालय पर्साले असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन गरेको हैजा विरुद्धको खोप अभियान अन्तर्गत जिल्लाका १४ वटै पालिकामा गरी ५ लाख ४७ हजार ३११ जनालाई हैजा विरुद्धको खोप खुवाइएको हो।



वीरगन्ज महानगरसहित पर्सा जिल्लाका केही पालिकामा दुई महिना पहिले हैजाको महामारी नै फैलिएको थियो। अहिले पनि वीरगन्जका अस्पतालमा हैजाका शंकास्पद बिरामी फाट्टफुट्ट रुमा उपचारका लागि आउने गरेका छन्। महामारी फैलिएको वीरगन्ज महानगरसहित जिल्लाका १४ वटै पालिकामा हैजाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सा जिल्लामा असोज २६ गतेदेखि हैजा विरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो।


उक्त ७ दिने अभियानका क्रममा जिल्लाका १४ वटै पालिकामा कूल जनसंख्याको ८४ प्रतिशतलाई हैजा विरुद्धको खोप खुवाइएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार हैजा महामारीले सबैभन्दा बढी प्रभावित भएको वीरगन्ज महानगरपालिकामा कूल जनसंख्या (२ लाख ७५ हजार ६७३)को ८२ प्रतिशत अर्थात २ लाख २६ हजार १६६ जनालाई उक्त खोप खुवाइएको छ। त्यस्तै पर्सागढी नगरपालिकामा ३४ हजार ८६१ जनालाई, बहुदरमाई नगरपालिकामा ३४ हजार ८३३ जनालाई र पोखरिया नगरपालिकामा ३१ हजार ४८१ जनालाई हैजा विरुद्धको खोप खुवाइएको ठाकुरले जानकारी दिए।



यस्तैगरी सखुवाप्रसौनी गाउँपालिकमा ३१ हजार ३८० जनालाई, जगरनाथपुर गाउँपालिका ३० हजार २३२ जनालाई, छिपहरमाई गाउँपालिकामा २६ हजार ९०४ जनालाई, बिन्दवासिनी गाउँपालिकामा २२ हजार ४३३ जनालाई, पटेर्वा सुगौली गाउँपालिकामा २१ हजार ४५५० जनालाई, धोबिनी गाउँपालिकामा १९ हजार ५५ जनालाई, कालिकामाई गाउँपालिकामा १९ हजार ३० जनालाई, पकहामैनपुर गाउँपालिकाम १७ हजार ९०२ जनालाई, जिराभवानी गाउँपालिकमा १७ हजार २९६ जनालाई र ठोरी गाउँपालिकामा १४ हजार ३५० जनालाई खोप खुवाइएको ठाकुरले जानकारी दिए। पर्सा जिल्लामा १ वर्ष भन्दा माथिका कूल ६ लाख ५२ हजार १२९ जनालाई खोप खुवाउने लक्ष्य रहेकोमा ७७ दिने अभियानमा लक्ष्यको ८४ प्रतिशतलाई मात्रै हैजा विरुद्धको खोप खुवाइएको उनले बताए।

बाँकी छुटेका १६ प्रतिशतलाई पनि खोप खुवाउनका लागि छठ लगत्तै फेरि अभियान सञ्चालन गरिने ठाकुरले बताए। उनले भने, ‘यो सात दिने अभियानमा ठाउँ ठाउँमा खोप केन्द्र स्थापना गर्नुका साथै घरदैलो कार्यक्रम गरेर हैजा विरुद्धको खोप खुवाएका हौं। त्यति गर्दा पनि १६ प्रतिशत अझै छुटेका छन्। उनीहरूका लागि छठ लगत्तै फेरि अर्को अभियान सञ्चालन गरेर खोप खुवाउने तयारी छ।’

पर्सामा सबै भन्दा पहिले वीरगन्ज महानगरमा गत भदौ ६ गते ३ जना झाडापखालाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको थियो। त्यसयता हालसम्म २ सय ४५ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो। दुई महिना पहिले फैलिएको हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा अझै आइ नसकेको र फेरि हैजाको संक्रमण फैलिन नदिने उद्देश्यले पर्सामा विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २६ देखि कात्तिक २ गतेसम्म हैजा विरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको घोटालाबारे छानबिन समिति समितिको गतिविधि शंकास्पद गतिविधि रहेको खुलासा भएको छ। करिब ५० लाख रुपैयाँ बराबरको औषधि घोटाला प्रकरणको छानबिन गर्न समिति गठन भएपछि पनि फार्मेसीमा शंकास्पद गतिविधि बढ्दै गएर छानबिन प्रक्रिया नै प्रभावित पार्ने प्रयास भइरहेको खुलासा भएको हो। अन्नपूर्ण पोस्टमा फार्मेसीमा भएको औषधि घोटालासम्बन्धी समाचार सार्वजनिक भएपछि ...
: नवलपरासी बर्दघाट–सुस्तापूर्वमा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चारजनाको मृत्यु भएको छ । गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट चारजनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ जापानिज इन्सेफलाइटिस जिल्लाको हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष तथा कावासोती–३ ...
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी
जेनजी आन्दोलनले योजना अगावै दल दर्ता गर्नुपर्‍यो : अध्यक्ष प्रसाईं
एसिया-प्यासिफिक निरन्तर विश्व आर्थिक वृद्धिको नेता, ६० प्रतिशत योगदान