मुख्य समाचार
पर्सामा ५ लाख ४७ हजार ३११ जनालाई हैजा विरुद्धको खोप खुवाइएको छ
पर्सामा ५ लाख ४७ हजार ३११ जनालाई हैजा विरुद्धको खोप खुवाइएको छ

: पर्सामा ५ लाख ४७ हजार ३११ जनालाई हैजा विरुद्धको खोप खुवाइएको छ। विश्व स्वास्थ्य संगठनको सहकार्यमा स्वास्थ्य कार्यालय पर्साले असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन गरेको हैजा विरुद्धको खोप अभियान अन्तर्गत जिल्लाका १४ वटै पालिकामा गरी ५ लाख ४७ हजार ३११ जनालाई हैजा विरुद्धको खोप खुवाइएको हो।



वीरगन्ज महानगरसहित पर्सा जिल्लाका केही पालिकामा दुई महिना पहिले हैजाको महामारी नै फैलिएको थियो। अहिले पनि वीरगन्जका अस्पतालमा हैजाका शंकास्पद बिरामी फाट्टफुट्ट रुमा उपचारका लागि आउने गरेका छन्। महामारी फैलिएको वीरगन्ज महानगरसहित जिल्लाका १४ वटै पालिकामा हैजाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सा जिल्लामा असोज २६ गतेदेखि हैजा विरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो।


उक्त ७ दिने अभियानका क्रममा जिल्लाका १४ वटै पालिकामा कूल जनसंख्याको ८४ प्रतिशतलाई हैजा विरुद्धको खोप खुवाइएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार हैजा महामारीले सबैभन्दा बढी प्रभावित भएको वीरगन्ज महानगरपालिकामा कूल जनसंख्या (२ लाख ७५ हजार ६७३)को ८२ प्रतिशत अर्थात २ लाख २६ हजार १६६ जनालाई उक्त खोप खुवाइएको छ। त्यस्तै पर्सागढी नगरपालिकामा ३४ हजार ८६१ जनालाई, बहुदरमाई नगरपालिकामा ३४ हजार ८३३ जनालाई र पोखरिया नगरपालिकामा ३१ हजार ४८१ जनालाई हैजा विरुद्धको खोप खुवाइएको ठाकुरले जानकारी दिए।



यस्तैगरी सखुवाप्रसौनी गाउँपालिकमा ३१ हजार ३८० जनालाई, जगरनाथपुर गाउँपालिका ३० हजार २३२ जनालाई, छिपहरमाई गाउँपालिकामा २६ हजार ९०४ जनालाई, बिन्दवासिनी गाउँपालिकामा २२ हजार ४३३ जनालाई, पटेर्वा सुगौली गाउँपालिकामा २१ हजार ४५५० जनालाई, धोबिनी गाउँपालिकामा १९ हजार ५५ जनालाई, कालिकामाई गाउँपालिकामा १९ हजार ३० जनालाई, पकहामैनपुर गाउँपालिकाम १७ हजार ९०२ जनालाई, जिराभवानी गाउँपालिकमा १७ हजार २९६ जनालाई र ठोरी गाउँपालिकामा १४ हजार ३५० जनालाई खोप खुवाइएको ठाकुरले जानकारी दिए। पर्सा जिल्लामा १ वर्ष भन्दा माथिका कूल ६ लाख ५२ हजार १२९ जनालाई खोप खुवाउने लक्ष्य रहेकोमा ७७ दिने अभियानमा लक्ष्यको ८४ प्रतिशतलाई मात्रै हैजा विरुद्धको खोप खुवाइएको उनले बताए।

बाँकी छुटेका १६ प्रतिशतलाई पनि खोप खुवाउनका लागि छठ लगत्तै फेरि अभियान सञ्चालन गरिने ठाकुरले बताए। उनले भने, ‘यो सात दिने अभियानमा ठाउँ ठाउँमा खोप केन्द्र स्थापना गर्नुका साथै घरदैलो कार्यक्रम गरेर हैजा विरुद्धको खोप खुवाएका हौं। त्यति गर्दा पनि १६ प्रतिशत अझै छुटेका छन्। उनीहरूका लागि छठ लगत्तै फेरि अर्को अभियान सञ्चालन गरेर खोप खुवाउने तयारी छ।’

पर्सामा सबै भन्दा पहिले वीरगन्ज महानगरमा गत भदौ ६ गते ३ जना झाडापखालाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको थियो। त्यसयता हालसम्म २ सय ४५ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो। दुई महिना पहिले फैलिएको हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा अझै आइ नसकेको र फेरि हैजाको संक्रमण फैलिन नदिने उद्देश्यले पर्सामा विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २६ देखि कात्तिक २ गतेसम्म हैजा विरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम