: निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रम छर्ने काम गरेको बताएका छन्। मन्त्री अर्यालले ठूला नेताहरूको सम्पत्ति छानबिन सुरु भएपछि खड्का देश छोडेर भागेको अभिव्यक्ति दिएपछि आज निवासबाटै पत्रकारसँग जोडिएका हुन्। null
खड्काले गृहमन्त्री अर्यालले जनतालाई भ्रम छर्ने काम गरेको बताए।
गृहमन्त्री अर्यालले खड्काले देश छोडेको खुलाए पनि कहाँ भागे भन्ने खुलाएका थिएनन्। ‘सरकारको गतिविधि के हो ? सरकारले मलाई वारेन्ट काटेको छ र ? केही काटेको छ, सरकारले बाहिर जान रोक लगाएको छ र ?’ पूर्वमन्त्री खड्काले प्रश्न गरे, ‘म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन। म डराउँदिनँ। यस्तो द्विविधा बनाउने ? हामी कसका लागि काम गरिरहेका छौं। यहि समाज र मुलुकका लागि होइन।’
उनले अमेरिका र सिंगापुर गएको भन्ने हल्ला असत्य भएको उल्लेख गरे। खड्काले आफू डेंगु संक्रमणका कारण ११ दिन भारतको वेदान्त अस्पतालमा उपचार गराएर फर्किएको जानकारी दिए। खड्काले आफू र बच्चालाई डेंगु भएकाले उपचार गराएको रेकर्ड अहिले पनि आफूसँग रहेको उल्लेख गरे।
उनले आफूले यो गल्ती गरेको सरकारले नभनेसम्म जुन देशमा पनि जान पाउने बताए। null
खड्काले जेनजी पुस्ताले गरेको आन्दोलन जायज भएपनि आन्दोलनमा देखिएका अदृश्य शक्तिका कारण देश नै रहने कि नरहने र हामीले नेपाली भन्न पाउने कि नपाउने भन्ने अवस्था रहेको उल्लेख गरे। उनले निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विषय पार्टीले निर्णय गर्ने धारणा राखे।
उनले पत्रकारले पनि अध्ययन गरेर समाचार बनाउनुपर्ने बताए। उनले छानबिन गर्ने सरकारलाई अधिकार रहेकाले छानबिन गर्दा कुनै आपत्ति नरहेको उल्लेख गरे। उनले झिनामसिना कुरा फेस गर्ने बताए।