मुख्य समाचार
अमेरिकाले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजामा सर्वसाधारणमाथि आक्रमणको योजना बनाइरहेको दावी
अमेरिकाले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजामा सर्वसाधारणमाथि आक्रमणको योजना बनाइरहेको दावी

: अमेरिकाले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजामा सर्वसाधारणमाथि आक्रमणको योजना बनाइरहेको दावी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शनिबार हमासले गाजामा सर्वसाधारणमाथि आक्रमण गर्ने योजना बनाइरहेको संकेत गर्ने विश्वसनीय रिपोर्ट प्राप्त भएको बताएको छ।

गाजामा फेरि आक्रमण भए युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन मात्रै नभइ मध्यस्ततामार्फत् अहिलेसम्म प्राप्त प्रगतिलाई कमजोर बनाउने मन्त्रालयको भनाइ छ।

अमेरिकाले इजिप्ट, कतार र टर्कीलाई पहिले नै यसबारे जानकारी गराइसकेको र हमासलाई युद्धविरामका सर्तहरू पालना गर्न माग गरेको बताएको छ।


'यदि हमासले आक्रमण गर्छ भने गाजाका जनताको सुरक्षा सुनिश्चित गर्न र युद्धविराम कायम राख्न कदम चालिनेछ,' विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। हमासले अहिलेसम्म यस कथनमा कुनै टिप्पणी गरेको छैन।

हाल इजरायल र हमास बीचको युद्धविरामको पहिलो चरण लागू भएको छ। हमासले जीवित बन्धकहरूलाई रिहा गरेको छ भने मृतकहरूको शव इजरायललाई हस्तान्तरण गर्ने प्रक्रिया चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम