: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो अराजकता चलिरहे आफू प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका हुन्।
उनले भने, ‘यस्तै भयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैन नि, किन सहने ? अरुबाट हुने रहेनछ। यस्तो अराजकता।ʼ
अध्यक्ष ओलीले सम्पादकहरू विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याऊँ भनेर लेख्ने पनि दाबी गरे। जनताले पठाए फेरि प्रधानमन्त्री हुने उनले दाबी गरे।