: झापाको कचनकवलमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका-२ का ४९ वर्षीय लोकबहादुर गाइने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार आज दिउँसो अन्दाजी १ बजेको समयमा अमलखुट्टा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा गाइनेलाई करेन्ट लाग्दा मृत्यु भएको थियो। घटनापश्चात् जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगी कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।