मुख्य समाचार
हमासद्वारा अपहरण भई हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको शवलाई इजरायलले अन्तिम बिदाइ
हमासद्वारा अपहरण भई हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको शवलाई इजरायलले अन्तिम बिदाइ

: हमासद्वारा अपहरण भई हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको शवलाई आज इजरायलले अन्तिम बिदाइ गरेको छ। इजरायलले उनको शव नेपाल पठाएको हो।

तेलअभिवस्थित बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतको “अपहृत, बेपत्ता र फर्कने समन्वय निर्देशनालय”को तर्फबाट राज्यस्तरीय श्रद्धाञ्जली समारोह आयोजना गरिएको थियो।

समारोहमा अपहृत तथा बेपत्ता समन्वयकर्ता गल हिर्श, इजरायली परराष्ट्र मन्त्रालयका प्रतिनिधि जिभ बिलाउस, नेपाल दूतावासका प्रतिनिधि, स्डोट नेगेभ क्षेत्रीय परिषद्का अध्यक्ष तामिर इदान, नेपाल सरकारका प्रतिनिधि र नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो।

जोशीलाई पहिलो महिनामै हमासले अज्ञात किबुत्जबाट अपहरण गरी बन्धक बनाएको र पछि हत्या गरेको पुष्टि गरिएको छ।

समारोहमा जाका संस्थाका अन्तर्राष्ट्रिय विभागका निर्देशक बारुख निडमले पनि सहभागिता जनाउँदै श्रद्धाञ्जली अर्पण गरे। उनले जोशीको स्मृतिमा माला चढाएका थिए।

उनले भने,ʻजाका संस्थाले जोशी परिवार र नेपाल सरकारको गहिरो शोकमा सहभागी छ। हाम्रो संस्था जहाँ मानिस छन्, त्यहाँ मानवीय सम्मानका लागि काम गर्छ। हामी अपहृत र हत्या गरिएका सबै, चाहे यहूदी हुन् वा विदेशी सबैको सम्मानका साथ रहनेछौँ। आफूहरूको उद्देश्य सबै अपहृतहरू सुरक्षित घर फर्कुन् भन्ने नै हो।ʼ

समारोह इजरायल र नेपाल दुवै देशबीचको मानवीय सहानुभूति र सम्बन्धको गहिरो प्रतीकका रूपमा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम