। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशमा शान्ति, सुशासन स्थापना गरेर छाड्ने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘सरकारलाई रिस उठोस् कि नउठोस्, नेकपा एमाले पनि यो देशमा छ, शान्ति, सुशासन स्थापना गरिछाड्छ । भ्रष्टाचार नियन्त्रण गरिछाड्छ,’ ओलीले सम्बोधनको क्रममा भनेका छन् ।
उनले सरकारमाथि आक्रोश पोख्दै भने अस्वस्थता फैलाउँदै गरेको आरोप लगाए ।
‘आफ्नो खुसी र सुविधाका लागि अर्काको सम्पत्ति लुट्ने, कस्तो रिस हो ? कस्तो संस्कृति हो ? अस्वस्थता फैलाउनेहरूसँग सरकारलाई रिस उठ्दैन,’ ओलीले भने ।