मुख्य समाचार
आगामी महाधिवेशनको बहस चलिरहेका बेला केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले सिद्धान्तको बहस हुन नसकेको टिप्पणी
आगामी महाधिवेशनको बहस चलिरहेका बेला केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले सिद्धान्तको बहस हुन नसकेको टिप्पणी

। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा आगामी महाधिवेशनको बहस चलिरहेका बेला केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले सिद्धान्तको बहस हुन नसकेको टिप्पणी गरेका छन् ।

समाजिक सञ्जाल फेसबुकमा ‘वास्तविक नेतृत्वका निम्ति मेरो अपिल’ शीर्षक दिएर उनले शनिबार कांग्रेसमा सिद्धान्तको बहसभन्दा पनि व्यक्तिगत अहंकारले ठाउँ पाउँदा पार्टी कमज़ोर भएको उल्लेख गरेका छन् ।
बागमती प्रदेशका निवर्तमान अर्थमन्त्रीसमेत रहेका काफ्लले केन्द्रीय समिति बैठकमा पार्टीको पदमा पुग्ने महत्वाकांक्षी प्रयासमात्र भइरहेको आरोपसमेत लगाएका छन् ।

‘प्रजाान्त्रिक समाजवादी कार्यक्रम र सिद्धान्तको व्यवहारिक प्रयोगका बारेमा पार्टीभित्र अहिले बहस र छलफल हुन सकेको छैन,’ उनले लेखेका छन्, ‘केवल पदमा मात्र पुग्ने महत्वाकांक्षी प्रयासमात्र भइरहेका छन् ।’

कुनै पनि राजनीतिक पार्टीले आफ्ना घोषित सिद्धान्त र कार्यक्रमका बारेमा विचार, पुनर्विचार र समीक्षा गरिरहने र जनताको आस्था र विश्वासको अवस्था परीक्षण गर्ने उनको भनाइ छ ।

‘बीपी कोइरालाजस्तो सिद्धान्तवादी समाजवादी नेताको मार्गदर्शनमा अघि बढेको पार्टीको नैतिक हिम्मत सगरमाथा जत्तिकै अटल छ र हामीबाट जनाताको पक्षमा काम गर्दा कुनै कमजोरी गरेका छैनौँ भनेर ढुक्क साथ भन्न सक्ने नेतृत्व निर्माणको मेरो आवाज र अभियान हो,’ काफ्लले भनेका छन्, ‘ढाकछोप र लिपपोतबाट अघि बढ्न मिल्दैन र जनताको आँखामा छारो हालेर पानी माथिको ओभानो बन्न खोज्ने पदासीन र पदासीन माथि खुला विद्रोह गर्न साथीहरूमा आह्वान गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशमा शान्ति, सुशासन स्थापना गरेर छाड्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘सरकारलाई रिस उठोस् कि नउठोस्, नेकपा एमाले पनि यो देशमा छ, शान्ति, सुशासन स्थापना गरिछाड्छ । भ्रष्टाचार नियन्त्रण गरिछाड्छ,’ ओलीले सम्बोधनको क्रममा भनेका ...
। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक १३ कात्तिकमा बस्ने भएको छ । शनिबार बसेको चोथो दिनको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । केन्द्रीय सदस्य प्रतिमा गौतमले पाँचौँ बैठक १३ कात्तिकमा दिउँसो १ बस्ने गरी स्थगित भएको जानकारी दिइन् । उनले प्रतिनिधि सभाका पूर्वसदस्य तथा पूर्वमन्त्री ऋषिकेश गौतमको निधनका कारण शोक प्रस्ताव पारित गर्दै ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार म्याद नभएको म्यादी सरकार रहेको आरोप लगाएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् । निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकार जग नै नभएको समेत आरोप लगाए । ‘यो एउटा भुल्को हो । यो सरकार भनेको म्याद नतोकिएको ...
। नेपाली कांग्रेसले आइतबार तीनवटै तहका कार्यालयहरू बन्द गर्ने भएको छ । पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनको शोकमा कांग्रेसले आइतबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने भएको हो । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पूर्वमन्त्रीसमेत रहेका गौतमको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर एक दिन कार्यालयहरू बन्द गर्ने निर्णय ...
। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्व कसले लिने भन्नेमा मात्रै केन्द्रित जस्तो देखिएको टिप्पणी गरेका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिमा धारणा राख्ने क्रममा उनले कांग्रेसमा नेतृत्व कसले लिने भन्ने कुरामा मात्रै कांग्रेस केन्द्रित जस्तो देखिएको टिप्पणी गरेका हुन् । केन्द्रीय सदस्य पौडेलले नीतिगत विषयहरूमा प्रष्ट ढंगले नबोलिकन २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा जान ...