मुख्य समाचार
चाइना ईस्टर्न एयरलाइन्सले पाँच वर्षको अन्तरालपछि नोभेम्बर ९ बाट शाङ्घाई-दिल्ली उडान पुनः सुरु गर्ने
चाइना ईस्टर्न एयरलाइन्सले पाँच वर्षको अन्तरालपछि नोभेम्बर ९ बाट शाङ्घाई-दिल्ली उडान पुनः सुरु गर्ने

। राज्य-समर्थित चाइना ईस्टर्न एयरलाइन्सले पाँच वर्षको अन्तरालपछि नोभेम्बर ९ बाट शाङ्घाई-दिल्ली उडान पुनः सुरु गर्ने भएको छ । एयरलाइनको वेबसाइटमा अद्यावधिक सूचनाअनुसार, चीन र भारतबीच कूटनीतिक सम्बन्धमा आएको सुधारसँगै प्रत्यक्ष हवाई सम्पर्क पुनः सुरु भएको हो ।

विश्लेषकहरूले अमेरिकाको आक्रामक व्यापार नीतिहरूले पनि दुई देशबीचको सम्बन्ध सहज बनाउन प्रेरित गरिरहेको बताएका छन् ।

एयरलाइन्सको अनलाइन टिकट बिक्री प्लेटफर्मले शनिबार जानकारी गराएअनुसार यी उडानहरू बुधबार, शनिबार र आइतबार गरी सातामा तीन पटक हुनेछन्।

यस महिनाको सुरुमा भारतको विदेश मन्त्रालयले पाँच वर्षको अन्तरालपछि दुई छिमेकी देशहरूबीच व्यावसायिक उडानहरू पुनः सुरु हुने बताएको थियो।

यो घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षभन्दा बढी समयपछि क्षेत्रीय सुरक्षा समूह साङ्घाई सहयोग सङ्गठनको शिखर बैठकका लागि चीन भ्रमण गरेपछि आएको हो।

दुई पक्षले व्यापार सम्बन्ध सुधार्ने उपायहरूबारे छलफल गरे भने मोदीले भारतको बढ्दो द्विपक्षीय व्यापार घाटाबारे चिन्ता व्यक्त गरेका थिए।

शाङ्घाई-दिल्ली उडानहरूबारे भारत र चीनका विदेश मन्त्रालयहरूले तत्काल कुनै प्रतिक्रिया नदिएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगोले यसअघि नै कोलकाता र ग्वान्झाओ बीच दैनिक सिधा उडानहरू सुरु गर्ने घोषणा गरेको थियो।

इन्डिगोको घोषणाको समयमा, राज्य-समर्थित ग्वान्झाओ बाइयुन अन्तर्राष्ट्रिय विमानस्थलले ग्वान्झाओ र दिल्ली जस्ता थप प्रत्यक्ष मार्गहरू खोल्न एयरलाइनहरूलाई प्रोत्साहित गर्ने बताएको थियो।

सन् २०२० मा कोभिड महामारीका कारण दुई देशबीचको प्रत्यक्ष उडानहरू निलम्बित गरिएको थियो र त्यस वर्षको अन्त्यतिर हिमालय सिमानामा भएको घातक झडपका कारण लामो सैन्य गतिरोध सिर्जना भएपछि पनि उडानहरू पुनः सुरु भएका थिएनन्।

दशकौँपछिको यस भयानक हिंसामा चार चिनियाँ र २० भारतीय सिपाही मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम