मुख्य समाचार
ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने स्पष्ट पारे
ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने स्पष्ट पारे

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने स्पष्ट पारेका छन् ।

बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने पनि उनले बताएका छन् ।

‘केही साथीले राजीनामा माग्नुभाछ । मसँग माग्नु भाको होइन, माइकमा सोधेको थिएँ’ ओलीले भने, ‘५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छाड्दिनँ ।’

उनले राजीनामाबारे महाधिवेशन प्रतिनिधिले फैसला गर्ने पनि बताए ।

‘मेरो राजीनामा महाधिवेशनमा छलफल गरौंला । प्रतिनिधिहरूसँग फैसला मागौंला । पार्टीलाई तिक्तताका साथ अघि नबढाऔं । मित्रताका साथ जाऔं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंका मुख्य पाँच ठाउँमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शनलगायतका विरोधका कार्यक्रम गर्नका लागि थप दुई महिना निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि (शनिबार) बाट लागू हुनेगरी विभिन्न पाँच क्षेत्रमा विरोधका कार्यक्रम गर्न बन्देज गरेको हो । शीतलनिवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार, नारायणहिटी दरबार संग्रहालय लगायतका क्षेत्रमा थप दुई महिनाका लागि प्रशासनले ...
। मधेश प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनलले प्रदेशमा शान्ति, सुव्यवस्था कायम गर्दै आमनागरिकमा सुरक्षाको अनुभूति हुनेगरी काम गर्न सरोकार भएकालाई निर्देशन दिएका छन् । आज जनकपुरधाममा आयोजित प्रदेशका सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव, सचिव तथा सरोकार भएकाहरूसँगको बैठकमा उनले जनतालाई सरल, पारदर्शी रूपमा शीघ्र सेवा प्रवाह गर्न सरोकार भएका सबैलाई आग्रह गरे । उनले पछिल्लो समयमा ...
। वीरगञ्जबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पर्सा प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तथा अन्य दुई मुद्दामा १ करोड ९२ लाख ४० हजार जरिवाना तोकिएका वीरगञ्ज महानगरपालिका-१६ का ३२ वर्षीय अनिलकुमार साह पक्राउ परेका हुन् । वीरगञ्ज महानगरपालिका-१५ ब्रम्हचोकबाट पक्राउ परेका साहलाई आजै पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले ...
। एमालेले सरकार निर्वाचनको आधार बनाउनेतिर नभइ उल्टो बाटो हिँडिरहेको निष्कर्ष निकाल्दै प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संविधान पक्षधर राजनीतिक शक्तिहरुलाई एकजुट हुन अपील गरेको छ । केन्द्रीय कमिटीको तीन दिनसम्म काठमाडौंमा चलेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै संविधानको रक्षाका लागि एक हुने उल्लेख गरेको छ । बैठकले शुक्रबार पारित गरेको २२ बुँदे प्रस्तावमा ...
। यसपालि तिहारमा भाइटीका बाहेक अरू दिन पर्यटक भिसा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा निरन्तर हुने भएको छ । अध्यागमन विभागले सूचना मार्फत यस्तो जानकारी दिएको हो । यस वर्ष ६ कात्तिकका दिन भाइटीका परेको छ । सार्वजनिक बिदाको दिन ११ बजेदेखि १ बजेसम्म सेवा जारी रहने अध्यागमन अधिकृत फर्सराम भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।