मुख्य समाचार
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

। कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर ७३ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा वडाध्यक्षसहितका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकी गाउँपालिका–९ को वडा कार्यालयले छ सय ८३ जना लाभग्राहीको आफैंले औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता निकासा गरेर अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारी समेतका आठ जनालाई प्रतिवादी बनाइएको भ्रष्टाचार मुद्दामा अख्तियारले ७३ लाख ३७ हजार ६२७ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा वडाध्यक्ष भण्डारी, वडा सचिव प्रेमबहादुर बुढा र कार्यालय सहयोगी सोनम कठरिया समेतको योजनामा मृत्यु समेत भइसकेका लाभग्राहीको प्रत्येक वर्ष नवीकरण गराएर, नवीकरण नभएकाहरुको हकमा समेत आफैं औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेर अनियमितता गरिएको उल्लेख छ ।

वडा सचिवले दाहिने हातको बुढी औंलाको औँठा छाप २८० र माझी औंलाको औठाछाप १९९ गरेर ४७९ थान औठाछाप लगाएको, कार्यालय सहयोेगी कठरीयाले दायाँ औलाको औठाछाप २०४ थानमा लगाएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको उल्लेख छ ।

नवीकरण गर्न नआएको व्यक्तिको हकमा झुट्टा विवरण बनाएर बजेट निकासा गरिएको दाबी छ । मृत्यु दर्ता भइसकेका व्यक्तिको नाममा मात्र सामाजिक सुरक्षा भत्ता वाफत १५ लाख ५० हजार रुपैयाँ बुझेको उल्लेख छ ।

यो प्रकरणमा वडा सदस्यहरु कल्पना खड्का, सुनकोसा सार्की, बिजय बहादुर रावल, शेर बहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर बिष्ट समेतलाई प्रतिवादी बनाइएको छ । उनीहरु मध्ये वडाध्यक्ष, वडा सचिव, तत्कालीन खरिदार र कार्यालय सहयोगीसँग बिगो माग दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंका मुख्य पाँच ठाउँमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शनलगायतका विरोधका कार्यक्रम गर्नका लागि थप दुई महिना निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि (शनिबार) बाट लागू हुनेगरी विभिन्न पाँच क्षेत्रमा विरोधका कार्यक्रम गर्न बन्देज गरेको हो । शीतलनिवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार, नारायणहिटी दरबार संग्रहालय लगायतका क्षेत्रमा थप दुई महिनाका लागि प्रशासनले ...
। मधेश प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनलले प्रदेशमा शान्ति, सुव्यवस्था कायम गर्दै आमनागरिकमा सुरक्षाको अनुभूति हुनेगरी काम गर्न सरोकार भएकालाई निर्देशन दिएका छन् । आज जनकपुरधाममा आयोजित प्रदेशका सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव, सचिव तथा सरोकार भएकाहरूसँगको बैठकमा उनले जनतालाई सरल, पारदर्शी रूपमा शीघ्र सेवा प्रवाह गर्न सरोकार भएका सबैलाई आग्रह गरे । उनले पछिल्लो समयमा ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने पनि उनले बताएका छन् । ‘केही साथीले राजीनामा माग्नुभाछ । मसँग माग्नु भाको होइन, माइकमा सोधेको थिएँ’ ...
। वीरगञ्जबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पर्सा प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तथा अन्य दुई मुद्दामा १ करोड ९२ लाख ४० हजार जरिवाना तोकिएका वीरगञ्ज महानगरपालिका-१६ का ३२ वर्षीय अनिलकुमार साह पक्राउ परेका हुन् । वीरगञ्ज महानगरपालिका-१५ ब्रम्हचोकबाट पक्राउ परेका साहलाई आजै पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले ...
। एमालेले सरकार निर्वाचनको आधार बनाउनेतिर नभइ उल्टो बाटो हिँडिरहेको निष्कर्ष निकाल्दै प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संविधान पक्षधर राजनीतिक शक्तिहरुलाई एकजुट हुन अपील गरेको छ । केन्द्रीय कमिटीको तीन दिनसम्म काठमाडौंमा चलेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै संविधानको रक्षाका लागि एक हुने उल्लेख गरेको छ । बैठकले शुक्रबार पारित गरेको २२ बुँदे प्रस्तावमा ...