मुख्य समाचार
पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु
पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु

। पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु भएको छ ।

यससँगै अफगानिस्तानको क्रिकेट बोर्ड (एसीबी) ले पाकिस्तानसँग नोभेम्बर महिनामा हुने तय गरिएको त्रिकोणात्मक टी–२० सिरिजमा भाग नलिने निर्णय गरेको छ।

एसीबीले मृतक तीन खेलाडीको तस्वीर सार्वजनिक गर्दै लेखेको छ, ‘शुक्रबार साँझ पाकिस्तानतर्फबाट भएको आक्रमणमा यी खेलाडीहरूलाई निशाना बनाइयो।’

बोर्डका अनुसार, यस घटनामा खेलाडी कबीर, सिबगतुल्लाह र हारुन सहित अन्य पाँच जना सर्वसाधारण नागरिकको पनि मृत्यु भएको हो।

बोर्डले भनेको छ, ‘हाम्रा खेलाडीहरूको सम्मान र यस दुःखद घटनाको प्रतिक्रियास्वरूप अफगानिस्तान क्रिकेट बोर्डले नोभेम्बर महिनाको अन्त्यमा पाकिस्तानसँग खेलिन तय भएको त्रिकोणात्मक टी–२० सिरिजबाट पछि हट्ने निर्णय गरेको छ।’

पाकिस्तान क्रिकेट बोर्डले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यो टी–२० सिरिज पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का बीच खेलिनुपर्ने थियो। खेलहरू नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिण्डीमा आयोजना हुने तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम