मुख्य समाचार
तालिबानले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप
तालिबानले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप

। तालिबानले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ । तालिबान अधिकारीले सीमावर्ती प्रान्त पक्तिकामा पाकिस्तानले शुक्रबार बम प्रहार गरेर युद्धविराम उल्लंघन गरेको दाबी गरेको हो ।

तालिबान सरकारका एक प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले समाचारमा लेखेको छ, ‘पाकिस्तानले पक्तिका प्रान्तको अरघुन जिल्लामा अवस्थित एक घरमा बम आक्रमण गर्‍यो । उक्त आक्रमणमा नागरिकको मृत्यु र केही घाइते भएका छन् ।’

समाचार एजेन्सी एएफपीले तालिबानका एक वरिष्ठ अधिकारीको नाम उल्लेख नगरी पाकिस्तानले अफगानिस्तानको सीमा पक्तिका प्रान्तमा अभियान स१चालन गरेको समाचारमा उल्लेख छ ।

पाकिस्तानका तर्फबाट युद्धविराम उल्लंघन र अफगानिस्तानमा भएको भनिएको आक्रमणबारे कुनै बयान भने आएको छैन ।

यसअघि तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तान र अफगानिस्तानबीच युद्धविरामको पुष्टि गरेका थिए ।

पाकिस्तान र अफगानिस्तान कयौँ झडपका घटना पछि गत बुधवार ४८ घण्टे युद्धविरामका लागि सहमत भएका थिए । दुवै देशबीच कतारको मध्यस्थतामा दोहामा वार्ता चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम