मुख्य समाचार
नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त
नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त

। सेटर हरि हजुर थापा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् ।

बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप भलिबलका लागि नेपाल भलिबल संघले थापालई नयाँ कप्तान नियुक्त गरेको जनाएको छ ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्ने हरि हजुर दोस्रो पटक नेपालको कप्तान बनेका हुन् । यसअघि उनले २०८० सालमा पनि नेपालको कप्तानी सम्हालिसकेका छन् ।

२०८० सालमा सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको थियो ।

अहिले नेपाली टिममा हरि हजुर सँगै धन बहादुर भट्ट सिनियर खेलाडीको रुपमा छन् ।

नेपाल भलिबल संघको शुक्रबार बसेको ५८औं कार्यसम्पादन कमिटीको बैडकले मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकहरुको सुझाव अनुसार थापालाई कप्तान चयन गरेको हो ।

यस्तै श्रीलंकामा हुने काभा यू१९ महिला भलिबलका लागि जेनिशा विकलाई कप्तान चयन गरिएको भलिबल संघले जनाएको छ । जेनिशाले गत वर्ष माल्दिभ्समा भएको काभा यू२० महिला भलिबलमा पनि नेपालको कप्तानी गरेकी थिइन् ।

यसअघिका कप्तान मान बहादुर श्रेष्ठले २०८० कात्तिकमा सन्यास लिएपछि नेपाली पुरुष भलिबल टिम कप्तान विहिनि थियो । यो दुई वर्षको बीचमा नेपालको पुरुष टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको थिएन । जसले गर्दा कप्तान पनि नियुक्त भएन ।

अब भने अन्तर्राष्ट्रिय खेल खेल्ने भएपछि कप्तान नियुक्त भएको हो ।

नेपालको पहिलो कप्तान ऋषिराज आचार्य हुन् । सन् १९९६ मा पाकिस्तानमा भएको काइदे आजाम नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

त्यसपछि नेपलालले एसियन भलिबल च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेको थियो ।

ऋषिराजपछि दीपक सापकोटा, महेन्द्र लाल श्रेष्ठ, राजेश मास्के, सुनिल चौधरी, विष्णु मास्के, भरत बहादुर शाह, कैलाश दत्त भट्ट र इम रानले नेपालको पुरुष राष्ट्रिय टिमको कप्तानी गरेका थिए ।

यस्तै काइदे अजाम खेलेपछि नेपालले सन् १९७७ मा चीन भ्रमण गर्दा हरिहर श्रेष्ठलाई कप्तान बनाइएपनि चीन पुगेपछि रेशम गुरुङले नेपालको कप्तानी गरेका थिए । तर त्यो प्रदर्शनी खेल मात्र थियो ।

नेपालका लागि सबैभन्दा लामो समय कप्तानी गर्ने भरत बहादुर शाह हुन् । उनले १६ वर्ष नेपालको लागि कप्तानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...