मुख्य समाचार
रुस-युक्रेन दुवैलाई युद्ध रोक्न अपिल
रुस-युक्रेन दुवैलाई युद्ध रोक्न अपिल

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भेटवार्ता भएको छ। उक्त बैठकको मुख्य विषय रूस–युक्रेन युद्ध थियो ।

यो भेटमा जेलेन्स्कीले अमेरिकासँग टोमहोक क्रूज़ मिसाइल मागे पनि उनी खाली हात फर्किनुपरेको बीबीसीले जनाएको छ ।

जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली (Air Defense) बलियो बनाउन निरन्तर जोड दिँदै आएका छन्।

टोमहोक क्रूज़ मिसाइल अमेरिकाद्वारा विकसित गरिएको एक अत्याधुनिक लङ्ग-रेन्ज (लामो दूरीको) सटीक–प्रहार गर्न सक्ने मिसाइल हो। यो जमिन वा पानी दुवै स्थानबाट प्रक्षेपण गर्न सकिन्छ र यसको दायरा करिब १ हजार ६०० किलोमिटर (१,००० माइल) भन्दा बढी हुन्छ। यो मिसाइलले लक्ष्यलाई अत्यन्त सटीक रूपमा प्रहार गर्न सक्छ, त्यसैले यो युद्धमा रणनीतिक रूपमा निकै महत्त्वपूर्ण हतियार मानिन्छ।


बीबीसीका अनुसार राष्ट्रपति ट्रम्प अहिलेका लागि युक्रेनलाई टोमहोक मिसाइल दिने पक्षमा छैनन्, तर भविष्यमा यस्तो सम्भावनालाई पूर्ण रूपमा नकारेका पनि छैनन्।

ट्रम्पले भनेका छन्, ‘आशा छ, उनीहरूलाई यसको आवश्यकता पर्दैन। हामी टोमहोकबारे सोच्नुपर्ने अवस्था आउनु अघि नै युद्ध अन्त्य गर्न सफल हुने आशा गर्छौं।’

उनका अनुसार, मिसाइल पठाउनु ‘तनाव बढाउने कदम’ हुन सक्छ, तर यसबारे छलफल गर्न सकिने उनले बताएका छन्।

राष्ट्रपति जेलेन्स्कीले ट्रम्पसँग लामो दूरीका मिसाइलहरूबारे कुराकानी भएको बताएका छन् । ‘तर यस विषयमा सार्वजनिक रूपमा केही नबोल्ने निर्णय गरिएको छ, किनभने अमेरिका तनाव बढाउन चाहँदैन’, जेलेन्स्कीले भने।

दुवै नेताको भेटपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत रूस र युक्रेन दुवैलाई युद्ध रोक्न अपिल गरेका छन्।‌ उनले भनेका छन्, ‘जहाँ छन्, त्यहीँ रोकिउन् र युद्ध अन्त्य गरुन् ।’

यसको एक दिनअघि ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोनवार्ता भएको थियो। दुवै नेताले अब हंगेरीमा भेट्ने सहमति जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम