मुख्य समाचार
नेपालले ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन
नेपालले ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन

— आईसीसी ट्वान्टी–२० विश्वकप पुगेको नेपालले ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिकमा छनोट उपाधि जितेर दोहोरो खुसीयाली मनाएको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गरेपछि नेपाल विजेता बन्ने निश्चित भएको हो ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा भएका प्रतियोगिताहरुमा जितेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । २०१८ को अक्टोबरमा मलेसियामा नेपालले ट्वान्टी–२० विश्वकपको एसिया छनोटका लागि आयोजित इस्टर्न क्षेत्रीय प्रतियोगिता जितेको थियो ।

ओमानमा भइरहेको प्रतियोगिताको सुपर सिक्सको यसअघिका तीन खेल जितेर ८ अंकसहित नेपालले यसअघि नै फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा २० राष्ट्र सम्मिलित आईसीसी ट्वान्टी–२० विश्वकपमा छनोट भइसकेको थियो ।

२०१३ मा पहिलो पटक ट्वान्टी–२० विश्वकपमा छनोट हुँदा यूएईमा भएको ग्लोबल छनोटमा तेस्रो भएको थियो । त्यसको १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गर्नेक्रममा काठमाडौंमा भएको एसिया छनोटमा नेपाल उपविजेता भएको थियो ।

नेपालसहित ओमान र यूएईले पनि ट्वान्टी–२० विश्वकपमा स्थान निश्चित गरिसकेका थिए । अपराजित रहि विजेता बनेर १० अंक जोडेको हो । ओमानको ८ र यूएईको ६ अंक रहयो । नेपालले सामोआलाई पराजित गरेमा ओमानलाई २ अंकले पछाडि पारेको हो ।

२ सय १२ रनको लक्ष्य लिएर आएको सामोओ ७ विकेट गुमाई ८७ रनमात्र बनाउन सक्यो । ओपनर सिन सोलिआले सर्वाधिक ४० रन बनाए । उनले ३७ बल खेलि २ चौका र १ छक्का प्रहार गरे । बेन्जामिन माइलताले ११ रन बनाए । ललित राजवंशीले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चे । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले १–१ विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ११ रन बनाएको थियो । आसिफ शेख र कुशल भुर्तेलले पावर प्लेको पहिलो ६ ओभरमा ६१ रन जोडेर नेपाललाई आक्रामक सुरुआत दिलाएपछि नेपालले विशाल स्कोर बनाएको हो ।

भुर्तेल १५ बल खेलि २ चौका र १ छक्कासहित १७ रन बनाई आउट भए । आसिफले ६९ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर हो । अघिल्लो महिना उनले शारजहाँमा वेस्ट इन्डिजविरुद्ध ६८ रन बनाएका थिए । आसिफले ४१ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । प्रतियोगितामा पहिलो पटक मौका पाएका आसिफका दाई आरिफ २ चौकासहित ९ रन बनाई आउट भए । दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए । उनले ३३ बल खेलि २ चौका र ४ छक्का प्रहार गरे ।

नेपालले अन्तिम ५ ओभरमा ७९ रन जोडेको थियो । रोहित ११ बल खेलि समान १ चौका र छक्कासहित २२ तथा लोकेश बम १२ बल खेलि २ चौका र ४ छक्कासहित ३९ रन बनाई अविजित रहे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...