: झापामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका– ११ स्थित चाम्लिङडाँडा बस्ने इन्द्रबहादुर राईका १० वर्षीय छोरा अनीश राई रहेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा बालकलाई विषालु सर्पले डसेको थियो । उनका बुबाले उपचारको चारआली सर्प दंश केन्द्र ल्याई उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याएलगतै चिकित्सकले चेकजाँच गर्दा बालकको मृत्यु भइसकेको थियो ।