मुख्य समाचार
ट्रम्पले सम्झौता अवज्ञा गरे हमासलाई नै समाप्त पारिदिने चेतावनी
ट्रम्पले सम्झौता अवज्ञा गरे हमासलाई नै समाप्त पारिदिने चेतावनी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी विद्रोही समूह हमासलाई नयाँ चेतावनी दिएका छन्। उनले सम्झौता अवज्ञा गरे हमासलाई नै समाप्त पारिदिने चेतावनी दिएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन्, 'यदि हमासले सम्झौताको अवज्ञा गर्दै गाजामा मानिसहरूलाई मार्ने काम जारी राख्यो भने हामीसँग उनीहरूलाई समाप्त गर्नुको विकल्प हुनेछैन।'

यसअघि ट्रम्पले गाजामा अमेरिकी सेना तैनाथ गर्न अस्वीकार गरेका थिए।

डोनाल्ड ट्रम्पको पछिल्लो भनाइलाई गाजामा भइरहेको हिंसासँग जोडिएको छ जुन हमासले आफ्ना विपक्षीहरूलाई लक्षित गरिरहेको आरोप लगाएको छ।

हमास र इजरायलबीचको युद्धविरामपछि गाजाका मानिसहरू आफ्नो घर फर्किरहेका छन् । आवश्यक सामानहरू जुटाउन उनीहरू व्यस्त छन्।

सहायता सामग्री बोकेका ट्रकहरू गाजामा आइपुगेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु भएको छ । यससँगै अफगानिस्तानको क्रिकेट बोर्ड (एसीबी) ले पाकिस्तानसँग नोभेम्बर महिनामा हुने तय गरिएको त्रिकोणात्मक टी–२० सिरिजमा भाग नलिने निर्णय गरेको छ। एसीबीले मृतक तीन खेलाडीको तस्वीर सार्वजनिक गर्दै लेखेको छ, ‘शुक्रबार साँझ पाकिस्तानतर्फबाट भएको आक्रमणमा यी खेलाडीहरूलाई निशाना बनाइयो।’ बोर्डका अनुसार, यस ...
। तालिबानले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ । तालिबान अधिकारीले सीमावर्ती प्रान्त पक्तिकामा पाकिस्तानले शुक्रबार बम प्रहार गरेर युद्धविराम उल्लंघन गरेको दाबी गरेको हो । तालिबान सरकारका एक प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले समाचारमा लेखेको छ, ‘पाकिस्तानले पक्तिका प्रान्तको अरघुन जिल्लामा अवस्थित एक घरमा बम आक्रमण गर्‍यो । उक्त आक्रमणमा नागरिकको मृत्यु र केही ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भेटवार्ता भएको छ। उक्त बैठकको मुख्य विषय रूस–युक्रेन युद्ध थियो । यो भेटमा जेलेन्स्कीले अमेरिकासँग टोमहोक क्रूज़ मिसाइल मागे पनि उनी खाली हात फर्किनुपरेको बीबीसीले जनाएको छ । जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली (Air Defense) बलियो बनाउन निरन्तर जोड दिँदै आएका छन्। टोमहोक क्रूज़ मिसाइल ...
: बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ। गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँद‌ै उनीलाई मृत्युदण्डको माग गरिएको हो। अदालतमा अभियोजन पक्षले पूर्वप्रधानमन्त्री हसिनाको भूमिका मानवताविरुद्धको अपराध भएको जिकिर गर्दै मृत्युदण्डको माग गरेको हो। बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने,' 'हसिनालाई मृत्युदण्ड दिनुपर्छ। मानवीयरूपमा सम्भव नभएकाले मृत्युदण्डको माग गर्छौं।' बंगलादेशमा ...
: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार वाशिंगटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका छन्। ट्रम्पले युक्रेनलाई टोमाहक मिसाइल दिने विचार गरिरहेका छन्। यो रुसको गहिराइमा प्रहार गर्न सक्षम छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेको एक दिनपछि जेलेन्स्कीको ट्रम्पसँग भेटवार्ता भएको हो। ट्रम्पले पुटिनसँगको वार्ता धेरै सकारात्मक भएको बताए। उनले अमेरिकी र रुसी टोली अर्को ...