मुख्य समाचार
ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता
ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार वाशिंगटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका छन्।

ट्रम्पले युक्रेनलाई टोमाहक मिसाइल दिने विचार गरिरहेका छन्। यो रुसको गहिराइमा प्रहार गर्न सक्षम छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेको एक दिनपछि जेलेन्स्कीको ट्रम्पसँग भेटवार्ता भएको हो।

ट्रम्पले पुटिनसँगको वार्ता धेरै सकारात्मक भएको बताए। उनले अमेरिकी र रुसी टोली अर्को हप्ता बैठकबारे छलफल गर्न भेट्ने बताए।

ट्रम्पले पुटिनसँगको फोन वार्तामा राम्रो प्रगति भएको बताएका थिए। दुई नेताहरू चाँडै हंगेरीमा भेट्नेछन्।

यस वर्षको जनवरीदेखि अमेरिकाको तेस्रो भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूस टोमाहक क्षेप्यास्त्रहरूबारे सुन्ने बित्तिकै वार्ता पुनः सुरु गर्न तयार रहेको बताए।

जेलेन्स्कीले युक्रेनलाई २,५०० किलोमिटर (१,५०० माइल)सम्म मार हान्न सक्ने उन्नत क्षेप्यास्त्रहरू उपलब्ध गराउन संयुक्त राज्य अमेरिकालाई अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम