मुख्य समाचार
संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित
संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित

। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ ।

संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरुप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए ।

संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने भन्दै बनेपा नगरपालिकाले गत असोज २७ गते अस्पतालको नाममा पत्र पठाएपछि कार्तिक १ गतेदेखि कार्यक्रम स्थगित गर्न लागिएको उनको भनाइ छ ।

२०६८ सालमा नगरपालिका र शीर मेमोरियल अस्पतालबीच द्वीपक्षीय सम्झौता भई संघीय सरकारको बजेटमा आमा सुरक्षा कार्यक्रम संचालन हुँदै आएको थियो। अस्पतालमा सुत्केरी हुने महिलाहरुका लागि अस्पतालको तर्फबाट ४८ प्रतिशत, संघीय सरकारको तर्फबाट ३२ प्रतिशत र विरामीको तर्फबाट २० प्रतिशत खर्च ब्यहोर्ने सहमति थियो । संघीय सरकारले शल्यक्रिया गर्दा १० हजार र सामान्य अवस्थामा सुत्केरी भए २ हजार ५ सय रुपैया उपलब्ध गराउँदै आएको थियो।


अस्पतालका वित्त प्रमुख सुर्यप्रभा शाक्यका अनुसार, १४ बर्षको अवधीमा २८ हजार जना भन्दा बढी अस्पतालमा सुत्केरी भएका छन् । उनका अनुसार आर्थिक वर्ष २०८१/२०८२ मा मात्र १ हजार ५ सय ४८ जनाले सेवा पाएका छन् । जसमध्ये ७ सय ६७ जनाको सामान्य र ७ सय ७४ जनाको शल्यक्रिया गरिएको थियो । उक्त संख्याको गत आर्थिक बर्षमा ९६ लाख ८५ हजार संघीय सरकारले भुक्तानी उपलब्ध गराएको शाक्यको भनाई छ।

काभ्रेपलाञ्चोकका अलावा रामेछाप, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र भक्तपुरका स्थानीय समेतले सेवा लिँदै आएका थिए । अस्पतालका अनुसार कार्यक्रमका लागि संघीय, प्रदेश तथा स्थानीय सरकार र अन्य निकायबाट समेत बजेट प्राप्त हुने अवस्थामा पुर्ववत अवस्थामा संचालन हुने अस्पतालले जानकारी दिएको छ । वित्त प्रमुख शाक्यका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा सेवा उपलब्ध गराए बापत १३ लाख ९० हजार रुपैया भुक्तानी आउन बाँकी छ ।

संघीय सरकारले अनुदान रोकेपछि अस्पताल आफैले ‘शीर मदर केयर’ सेवा घोषणा गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टरका अनुसार, सुत्केरीका लागि जननल वार्डमा ५० प्रतिशत, औषधिको खरिदमा पाँच प्रतिशत छुट दिने उल्लेख छ।

‘ संघीय सरकारले रोकेपनि अस्पतालले आफ्नै ब्यवस्थापनमा विरामीहरुलाई पाउँदै आएको सेवामा केहि सहज महसुस हुने गरी ‘शिर मदर केयर प्रोगाम’ संचालन गर्ने छौं।’– अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टरले भने ।

आमा सुरक्षा कार्यक्रम संचालन भएका बखत पनि आर्थिक वर्ष २०८१/२०८२ मा मात्रै १ करोड ४० लाख रुपैया अस्पतालले छुट दिएको छ भने अन्य सेवामा बार्षिक साढे ३ करोड भन्दा बढी रकम विरामीहरुको लागि छुट दिँदै आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम