मुख्य समाचार
टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा
टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा

। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ ।

चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो ।

बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ लाख ७९ हजार ५०० शुद्ध एल्बम बिक्री गर्‍यो जसमध्ये १.३ मिलियन एल्बमको भिनिल प्रतिलिपिहरू थिए ।

स्विफ्टले एल्बम बिक्रीमा पपस्टार एडेललाई पनि उछिनेकी छन् । सन् २०१५ मा एडेलको एल्बमले ३.४८२ मिलियन युनिटको पहिलो हप्ताको बिक्री रेकर्ड राखेको थियो । ‘द लाइफ अफ अ शोगर्ल’ अमेरिकामा एकै हप्तामा ४० लाख युनिटभन्दा बढी युनिट कमाउने इतिहासको पहिलो एल्बम हो ।

‘मसँग ४० लाख धन्यवाद र पहिले भन्दा बढी गर्व गर्न सक्ने ४ लाख कारण छन्’ स्विफ्टले इन्स्टाग्राममा लेखिन् “फिल्म थिएटरमा यो प्रोजेक्ट मनाउन निस्कनु भएकोमा, भिनिलमा लगानी गर्नु भएकोमा, स्ट्रिमिङ गर्नु भएकोमा, भिडियो हेर्नु भएकोमा, सीडीहरू किन्नुभएकोमा, प्याकेजिङ भित्र मैले लेखेका कविता पढ्नु भएकोमा र द लाइफ अफ अ शोगर्ल भित्र आफूलाई डुबाउनु भएकोमा धन्यवाद । म यो भावनालाई सधैंभरि कदर गर्नेछु ।’

‘द लाइफ अफ अ शोगर्ल’ सँगै, स्विफ्ट ‘बिलबोर्ड २००’ मा १५ नम्बर एल्बम स्कोर गर्ने इतिहासमा पहिलो एकल कलाकार बनेकी छिन् । सन् १९५६ मा ‘बिलबोर्ड २००’ साप्ताहिक रूपमा प्रकाशन गर्न थालेदेखि उनीसँग दोस्रो सबैभन्दा धेरै नम्बर १ एल्बम छन् र उनीभन्दा अगाडि द बीटल्स (१९ नम्बर १) मात्र छ ।

स्वाभाविक रूपमा, एल्बमको ठूलो सफलता एकल चार्टमा पनि महसुस गरियो । ‘द फेट अफ ओफेलिया’ हट १०० मा नम्बर १ मा डेब्यू भयो ।

यस हप्ताको ‘हट १००’ मा शीर्ष १२ गीत ‘द लाइफ अफ अ शोगर्ल’का गीतले ओगटेका छन् । स्विफ्टले यसअघि सन् २०२२ मा ‘मिडनाइट्स’ र सन् २०२४ मा ‘द टर्चर्ड पोएट्स डिपार्टमेन्ट’मार्फत शीर्ष १० मा स्थान बनाएकी थिइन् । इतिहासमा अन्य कुनै पनि कलाकारले यो एक पटक पनि गर्न सकेका छैनन् ।

सोमबार स्विफ्ट र डिज्नी प्लसले ‘टेलर स्विफ्ट : द इरास टुर । द एन्ड अफ एन इरा,’ को ६ भागको डकुमेन्ट्रीको घोषणा गरेका थिए । डिज्नी प्लसले डिसेम्बरमा वृत्तचित्रसँगै कन्सर्ट फिल्म ‘द इरास टुर : द फाइनल शो’ पनि ल्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा ...
। लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ । विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्‍याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ । रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ ...
। युनिभर्सल स्टुडियोले क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘द ओडिसी’ को पहिलो ट्रेलर रिलिज गरेको छ । यो फिल्म होमरको पौराणिक गाथाबाट प्रेरित छ । यो फिल्मले ग्रीक नायक ओडिसियसलाई पछ्याउँछ, जसको भूमिकामा म्याट डेमनले अभिनय गरेका छन् । उक्त पात्र ट्रोजन युद्ध पछि घर फर्कने लामो र घुमाउरो बाटो यात्रा तय गर्छ । युनिभर्सलले फेब्रुअरीमा डेमनको पहिलो-लुक ...
। हलिउडको बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को टिजर अन्ततः युट्युबमा सार्वजनिक भएको छ । निर्माताले मंगलबार बेलुका सार्वजनिक गरेको टिजरमा केही सरप्राइज अवश्य छ । ‘क्याप्टेन अमेरिका’ को भूमिकामा चर्चित अभिनेता क्रिस इभान्स यो मार्वल सिनेम्याटिक युनिभर्समा फर्किएका छन् । उनलाई यो श्रृंखलामा स्टिभ रोजर्सको भूमिकामा देख्न पाइनेछ । चारमध्ये यो पहिलो टिजर भएको बताइएको ...
। हलिउडको ‘अवतार ३’ र बलिउडको ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेका छन् । ‘अवतार : फायर एन्ड यश’ ले शुक्रबार र शनिबार सिनेपाः बक्सअफिसमा बलियो डेब्यू गरेको छ । मिश्रित समीक्षाको बाबजुद १९७ मिनेट रनटाइमको ‘अवतार’ को तेस्रो श्रृंखलाको ओपनिङ आफैमा आक्रामक हो । रिलिज अघि नै फिल्मले नेपालमा ७० लाखको अग्रिम टिकट विक्री ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम