मुख्य समाचार
ललितपुरबाट सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एक जनलाई पक्राउ
ललितपुरबाट सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एक जनलाई पक्राउ

। ललितपुरबाट बिहीबार दिउँसो सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेख रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । उनलाई ललितपुर महागनरपालिका–१६ धौगलबाट पक्राउ गरिएको हो।

उनले भारतबाट अवैध रुपले चाँदी नेपाल ल्याई विभिन्न किसिमका गरगहना बनाएर बेच्ने गरेको प्रहरीले बताएको छ। यसको गोप्य सूचना सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स व्यूरोको विशेष आएको थियो । त्यही सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गण ललितपुरले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट सशस्त्र प्रहरी ५० किलो ७४ ग्रँम चाँदीका गरगहना बरामद भएको छ । त्यस्तै १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेसीन १ थान, इलेक्ट्रीक साईलक १ थान, आइप्याड १ थान र मोवाईल सेट १ थान समेत बरामद भएको छ ।


उनलाई बरामद सामनसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठकले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको हो। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। बैठकले अध्यक्ष ओलीको प्रतिवेदन सुझावसहित सर्वसम्मतले पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र ...
: सरकारले हालैको बाढी–पहिरोका कारण बढी क्षति भएको इलामका पाँच पालिकाहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले इलाममा सबैभन्दा बढी क्षति भएका पाँच पालिकालाई क्रमशः ६० लाख, ५० लाख र ४० लाख सहयोग प्रदान गर्ने निर्णय गरेको हो। इलामलाई विपद् संकटग्रस्त जिल्ला घोषणा ...
: झापामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका– ११ स्थित चाम्लिङडाँडा बस्ने इन्द्रबहादुर राईका १० वर्षीय छोरा अनीश राई रहेको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा बालकलाई विषालु सर्पले डसेको थियो । उनका बुबाले उपचारको चारआली सर्प दंश केन्द्र ल्याई उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी ...
: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नियमित १५ औँ महाधिवेशन आगामी मंसिर मसान्तभित्रै गर्न प्रस्ताव गरेका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा दुई विकल्पसहित नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका हुन्। महामन्त्री थापाले १५ औँ महाधिवेशन मंसिरको २७ देखि २९ सम्म गर्न प्रस्ताव गरेका छन्। उनले यसका लागि सदस्यता वितरण र व्यवस्थापन गर्न १६५ ...
: सरकारले आफैं निर्वाचनको वातावरण बिथोल्ने काम गरिरहेको राजनीतिक दलहरूले बताएका छन् । सरकारले दलहरूलाई निषेध गर्ने वातावरण बनाइरहेको दलका नेताहरू बताएका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग गरेको छलफल ठूला दलका प्रतिनिधिहरूले त्यस्तो बताएका हुन् । ‘स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनावमा हुनेमा शंका छ’, बैठकमा दलका नेताहरूले साझा ...