। फरार रहेका तीन जना प्रतिवादी र कैदीबन्दीलाई देशका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार लागुऔषध मुद्दामा अदालतको फैसला पश्चात फरार रहेका चन्द्रागिरि नगरपालिका–१० सतुङ्गल बस्ने २७ वर्षीय सुशान्त प्रधानलाई पक्राउ गरिएको छ । उनलाई विहीबार बिहान ११:२० बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, चोरी मुद्दाका अभियुक्त ३२ वर्षीय अम्बरबहादुर सारुमगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी २०८२ असोज २४ गते नख्खु कारागार, ललितपुरबाट फरार भएका थिए । उनलाई विहीबार राति ९ बजे प्रहरी प्रभाग इमाडोलको क्विक रेस्पोन्स टिम (क्वीआरटी) र सिभिल प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै, सवारी ज्यान मुद्दामा कारागारमा सजाय काटिरहेका विशाल महर्जन फरार भएकोमा उनलाई पनि नियन्त्रणमा लिइएको छ । कारागारबाट फरार भएका महर्जनलाई विहीबार दिउँसो १२:३५ बजे काठमाडौं महानगरपालिका–२६, रानीवारीस्थित दक्षिणकाली मन्दिर नजिकबाट लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको थियो ।
लैनचौर वृत्तमा राखिएका ३१ वर्षीय महर्जनलाई आवश्यक प्रक्रिया पूरा गरी केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा बुझाइएको प्रहरीले जनाएको छ ।