मुख्य समाचार
सरकारले सडक र पुल निर्माणसँग सम्बन्धित १७ वटा रुग्ण ठेक्का तोड्ने
सरकारले सडक र पुल निर्माणसँग सम्बन्धित १७ वटा रुग्ण ठेक्का तोड्ने

। सरकारले सडक र पुल निर्माणसँग सम्बन्धित १७ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो ।

सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् ।

सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर तथा निर्देशनालयले पाँच/पाँच र नुवाकोटले २ वटा गरी १७ वटा ठेक्का किन नतोड्ने ? भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन् । ठेक्का तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् ।




ठेक्का सम्झौता तोड्न लागिएकोमा सबैभन्दा ठूलो झापाको कन्काई पुलको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुलको ठेक्का तोड्नेप्रक्रिया अगाडि बढेको छ ।

पक्की पुल डिजाइन एण्ड बिल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७/६८मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता भएको थियो । १४ वर्षमा पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ ।

झापाको बाढी र डुबान प्रभावित क्षेत्र अवलोकन गर्न २६ असोजमा झापा गएका बेला मन्त्री घिसिङले अलपत्र कन्काई पुल पुगेर ठेक्का तोडेर भए पनि निर्माण कार्य अघि बढाउने बताएका थिए ।

ठेक्का तोड्न लागिएका सबै परियोजनामा ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएको उल्लेख गरिएको छ ।

विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाएकाले ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ ।

सूचना प्रकाशित भएको १५ दिनभित्र कार्य सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।

उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

सरकारले बबई सिंचाइ आयोजनाका ६ ठेक्का रुग्ण ठेक्का तोड्ने प्रक्रिया पनि सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठकले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको हो। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। बैठकले अध्यक्ष ओलीको प्रतिवेदन सुझावसहित सर्वसम्मतले पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र ...
: सरकारले हालैको बाढी–पहिरोका कारण बढी क्षति भएको इलामका पाँच पालिकाहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले इलाममा सबैभन्दा बढी क्षति भएका पाँच पालिकालाई क्रमशः ६० लाख, ५० लाख र ४० लाख सहयोग प्रदान गर्ने निर्णय गरेको हो। इलामलाई विपद् संकटग्रस्त जिल्ला घोषणा ...
: झापामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका– ११ स्थित चाम्लिङडाँडा बस्ने इन्द्रबहादुर राईका १० वर्षीय छोरा अनीश राई रहेको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा बालकलाई विषालु सर्पले डसेको थियो । उनका बुबाले उपचारको चारआली सर्प दंश केन्द्र ल्याई उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी ...
: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नियमित १५ औँ महाधिवेशन आगामी मंसिर मसान्तभित्रै गर्न प्रस्ताव गरेका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा दुई विकल्पसहित नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका हुन्। महामन्त्री थापाले १५ औँ महाधिवेशन मंसिरको २७ देखि २९ सम्म गर्न प्रस्ताव गरेका छन्। उनले यसका लागि सदस्यता वितरण र व्यवस्थापन गर्न १६५ ...
: सरकारले आफैं निर्वाचनको वातावरण बिथोल्ने काम गरिरहेको राजनीतिक दलहरूले बताएका छन् । सरकारले दलहरूलाई निषेध गर्ने वातावरण बनाइरहेको दलका नेताहरू बताएका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग गरेको छलफल ठूला दलका प्रतिनिधिहरूले त्यस्तो बताएका हुन् । ‘स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनावमा हुनेमा शंका छ’, बैठकमा दलका नेताहरूले साझा ...