मुख्य समाचार
कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले जेनजी आन्दोलनको आवरणमा शैक्षिक संस्थाहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नमाथि कारबाही गर्न माग
कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले जेनजी आन्दोलनको आवरणमा शैक्षिक संस्थाहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नमाथि कारबाही गर्न माग

। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जेनजी आन्दोलनको आवरणमा शैक्षिक संस्थाहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ ।

नेविसंघले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई १० बुँदे माग पत्र बुझाउँदै २३–२४ भदौमा भएको जेनजी आन्दोलनको आवरणमा शैक्षिक संस्थाहरूमा भएको घटनामा संलग्नमाथि कारबाहीको माग गरेको हो ।

नेविसंघले जेनजी आन्दोलनको आवरणमा भएका गतिविधिहरू शिक्षा क्षेत्र र लोकतान्त्रिक आन्दोलनको मूल मर्मविपरीत रहेको उल्लेख गर्दै दोषीहरूलाई निष्पक्ष रूपमा छानबिन गरी कानूनी कारबाही गर्न महानिरीक्षक खापुङसँग आग्रह गरेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।

नेविसंघले आन्दोलनमा घुसपैठ गरी केही असामाजिक समूहले राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतहरू, मालपोत कार्यालयहरू, प्रदेश सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, स्थानीय तहका पालिका तथा वडा कार्यालयहरू साथै शैक्षिक संस्थाहरूमा समेत तोडफोड, आगजनी, लुटपाट र अन्य आपराधिक गतिविधि सञ्चालन गरेका माग पत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठकले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको हो। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। बैठकले अध्यक्ष ओलीको प्रतिवेदन सुझावसहित सर्वसम्मतले पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र ...
: सरकारले हालैको बाढी–पहिरोका कारण बढी क्षति भएको इलामका पाँच पालिकाहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले इलाममा सबैभन्दा बढी क्षति भएका पाँच पालिकालाई क्रमशः ६० लाख, ५० लाख र ४० लाख सहयोग प्रदान गर्ने निर्णय गरेको हो। इलामलाई विपद् संकटग्रस्त जिल्ला घोषणा ...
: झापामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका– ११ स्थित चाम्लिङडाँडा बस्ने इन्द्रबहादुर राईका १० वर्षीय छोरा अनीश राई रहेको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा बालकलाई विषालु सर्पले डसेको थियो । उनका बुबाले उपचारको चारआली सर्प दंश केन्द्र ल्याई उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी ...
: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नियमित १५ औँ महाधिवेशन आगामी मंसिर मसान्तभित्रै गर्न प्रस्ताव गरेका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा दुई विकल्पसहित नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका हुन्। महामन्त्री थापाले १५ औँ महाधिवेशन मंसिरको २७ देखि २९ सम्म गर्न प्रस्ताव गरेका छन्। उनले यसका लागि सदस्यता वितरण र व्यवस्थापन गर्न १६५ ...
: सरकारले आफैं निर्वाचनको वातावरण बिथोल्ने काम गरिरहेको राजनीतिक दलहरूले बताएका छन् । सरकारले दलहरूलाई निषेध गर्ने वातावरण बनाइरहेको दलका नेताहरू बताएका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग गरेको छलफल ठूला दलका प्रतिनिधिहरूले त्यस्तो बताएका हुन् । ‘स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनावमा हुनेमा शंका छ’, बैठकमा दलका नेताहरूले साझा ...