मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेको जानकारी दिएका छन् । ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार, यो वार्ता करिब दुई घन्टा लामो थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी भ्रमणमा निस्किएको र त्यहाँ थप सैन्य सहायता माग्न सक्ने सम्भावनाका बीच यो संवाद भएको हो ।

ट्रम्पले आफ्नो ट्रुथ सोशल पोष्टमा लेखेका छन्, ‘पुटिनसँगको कुराकानी निकै राम्रो भयो। उनले मलाई र अमेरिकालाई मध्यपूर्वमा शान्ति ल्याउने कामका लागि बधाइ दिएका थिए।’

पुटिनले यसलाई एक पुरानो सपना पूरा भएको संज्ञा दिएका छन् । ट्रम्पले मध्यपूर्वको सफलताबाट रूस–युक्रेन युद्ध रोक्न पनि मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।

अर्को हप्ता बुडापेस्टमा भेट्ने सम्भावना

पुटिनले मेलानिया ट्रम्पको प्रशंसा गर्दै उनले बालबालिकाका लागि धेरै राम्रो काम गरिरहेकी बताएको ट्रम्पले जानकारी दिएका छन् । दुवै नेताले युद्धपछि रूस र अमेरिकाबीच व्यापार लगायतका विषयमाथि पनि कुराकानी गरेका छन्।

वार्तापछि ट्रम्प र पुटिनले अर्को हप्ता वरिष्ठ अधिकारीहरूको बैठक राख्ने निर्णय गरेका छन् । अमेरिकाको तर्फबाट विदेश मन्त्रालयका अधिकारी मार्को रुबियो र केही प्रतिनिधि सहभागी हुने बताइएको छ। बैठक स्थलगत रूपमा कहाँ हुनेछ भन्ने अहिलेसम्म तय भएको छैन।

यसपछि रूस–युक्रेन युद्धलाई अन्त्य गर्ने प्रयास जारी राख्न ट्रम्प र पुटिन हंगेरीको बुडापेस्टमा पनि भेट्ने बताइएको छ ।

राम्रा हतियार माग्दै जेलेन्स्की



जेलेन्स्कीले ट्रम्पसँग लामो दूरीका टोमहक मिसाइलहरू जस्ता उन्नत हतियार माग्ने सम्भावना छ। यी मिसाइलहरूले मस्को र अन्य ठूला रुसी शहरहरूलाई युक्रेनको आक्रमण दायरामा ल्याउन सक्ने क्षमता राख्छन्।

ट्रम्पले पुटिन वार्ता टेबलमा नआए उनी ती हतियार दिने अनुमति दिन सक्ने चेतावनी दिंदै आएका छन् ।

रूसले युक्रेनका ऊर्जा केन्द्रहरूलाई लक्षित गर्दै हमला गरिरहेकै छ । रूसले युक्रेनका ऊर्जा संरचनामाथि नयाँ किसिमका आक्रमण सुरु गरेसँगै अमेरिकाले टोमहक मिसाइल दिने छलफल सुरु गरेको हो ।

जेलेन्स्कीले बताएअनुसार बिहीबार राति मात्रै रूसले ३०० भन्दा बढी ड्रोन र ३७ मिसाइल प्रहार गरेको छ। यस जाडो मौसममा रूसले ग्यास सेवाको पूर्वाधारलाई बढी निशाना बनाएको देखिन्छ।

युद्धको चौथो वर्ष सुरु भएसँगै ऊर्जा प्रणालीमाथि भएका हमलाहरूमा वृद्धि देखिएको छ।

– एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम