मुख्य समाचार
प्रचण्डले अहिलेको अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प नरहेको बताए
प्रचण्डले अहिलेको अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प नरहेको बताए

: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प नरहेको बताएका छन्।

बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको स्पष्ट पार्दै सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताएका हुन् ।

प्रचण्डले अहिले निर्वाचन होला की नहोला भन्ने आशंका उत्पन्न हुनु स्वभाविक भएपनि तोकिएको समयमा निर्वाचन हुने भएकाले त्यसको तयारी गर्न नेता कार्यकतालाई निर्देशन समेत दिए ।

पार्टीभित्रको अन्तरविरोधका बारेमा चिन्ता नलिन आग्रह गर्दै उनले पार्टी एकढिक्का भएर अघि बढ्ने स्पष्ट पारे । माओवादी केन्द्र अहिले ट्रयाकमा आएको उनको भनाइ छ ।

पार्टी एकताको सन्दर्भमा संयोजक प्रचण्डले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिए । समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुने उल्लेख गर्दै प्रचण्डले केही दिनमा घोषणा समेत हुने जिकिर गरे। उनले एकताको दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने भएको बताए। उनले भने, “समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुन्छ । त्यो घोषणा केही दिनभित्र हुनेछ। हाम्रो एकताको दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने हो।”

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बताए। उनका अनुसार चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको हो। उनीहरूलाई कात्तिक ...
: मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले सपथसँगै पदभार ग्रहणको पहिलो निर्णयमा ‘हेल्लो सिएम’ सुचारु गर्ने निर्णय गरेको छ। बिहीबार मुख्यमन्त्री पदको सपथसँगै पदभार ग्रहण गरेका मुख्यमन्त्री सोनलले मधेशको पहिलो मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुचारु गरेको ‘हेल्लो सिएम’ एप पुनः सुचारु गर्ने निर्णय गरेको हो। लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका सोनलले ...
: जितेन्द्र प्रसाद सोनार (सोनल)ले मधेश प्रदेशको मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्। मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनलालई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। सोनलसँगै जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र एकीकृत समाजवादी पार्टीका कनिष पटेलले शपथ लिएका छन्। बुधबार साँझ ५६ सांसदको समर्थनमा ...
: ४५ मेगावाटको माथिल्लो भोटेकोशी पावर कम्पनीले १० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्ट्याएको छ। पाँचौं सेयर लगानीकर्ताको रूपमा कम्पनीले सर्वसाधारण लगानीकर्तालाई भित्र्याएको हो। यसअघि ५ प्रतिशत अमेरिकन कम्पनी, १० प्रतिशत टाटा फन्ड, १० प्रतिशत हिमाल इन्टरनेसनल पावर कम्पनी र १० प्रतिशत हिमाल इन्टरनेसनल इनर्जी कम्पनीको सेयरलगानीकर्ताको रूपमा रहेका छन्। अबको पाँच वर्षपछि नेपाल विद्युत् प्राधिकरणलाई ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जसपा नेपाल मधेश प्रदेशका सांसद सरोजकुमार सिंहसित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मधेश प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ विगो माग दावी गरिएको छ। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार मधेश प्रदेशसभा सदस्य सिंहसमेतले विभिन्न वडाहरूमा विकास योजनाहरू सञ्चालनका लागि विभिन्न ...