: नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले राजनीतिक जीवनबाट सन्यास लिएको घोषणा गरेका छन्। उनले जेनजी आन्दोलनले युवापुस्ताको माग बढाएकाले आफूले राजनीतिबाट सन्यास लिने अन्नपूर्णसँग बताएका हुन्।
पूर्वमन्त्री समेत रहेका साहले अन्नपूर्ण पोस्टसँग कुरा गर्दै भने,‘आजबाट गैरराजनीतिक जीवन बाँच्छु।’ जेनजी आन्दोलन लगत्तै बसेको माओवादीको पदाधिकारी बैठकमा पार्टीको कुनै पदमा नबस्ने धारणा राखेका थिए। उनले अब आफू माओवादीको राजनीति पनि नगर्ने र अन्य दलमा पनि नजाने स्पष्ट पारे।