: झापामा माछा मार्न गएका तीन बालिकाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका-९ खजुरबारी बस्ने अञ्जु मगरकी छोरीहरू ९ वर्षीया स्वीकृति मगर र ७ वर्षीया सुस्मा मगर र सोही ठाउँकी निर्मला परियारकी ११ वर्षीया छोरी रोशनी परियार रहेका छन्।
एकै गाउँका तीन बालिकाको मृत्युले गाउँ नै शोकमा डुबेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ती बालिकाहरू कृष्ण खोलामा जमेको पानीमा माछा मार्न गएका थिए। बालिकाहरू डुबेको स्थानीय युनिसा राईले देखेर तत्काल उनीहरूको अभिभावकहरूलाई खबर गरेका थिए।
बालिकाहरूको मृत्यु भइसकेको जानकारी पाउन साथ अस्थायी प्रहरी चौकी बैगुनधुरा र इलाका प्रहरी कार्यालय झिलझिलेको टोली घटनास्थल पुगेका थिए। शवको कानुनी प्रक्रिया पूरा घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।