: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा अमेरिकी सैन्य हस्तक्षेपको आवश्यकता नभएको बताएका छन्।
ट्रम्पले भने,ʻहामी यसलाई धेरै राम्रोसँग सम्हाल्नेछौं। हामी इजरायललाई मद्दत गर्नेछौं। अन्य देशहरू पनि हामीसँगै छन्।ʼ
ʻहामीले धेरै देशसँग सम्झौतामा हस्ताक्षर गरेका छौँ। यसमध्ये धेरै शक्तिशाली सैन्य शक्ति छन्। उनीहरूको हमासलाई कुनै समर्थन छैन,ʼट्रम्पले भने।
ट्रम्पले हमासलाई पहिले इरानको समर्थन रहेको तर अब त्यो समर्थन पनि नरहेको बताए।