मुख्य समाचार
एन्फाको राजनीतिले मैदानमा देखिन छाड्यो फुटबल
एन्फाको राजनीतिले मैदानमा देखिन छाड्यो फुटबल

: नेपाली फुटबल बेहाल स्थितिमा छ। कारण हो, अखिल नेपाल फुटबल संघ (एन्फा)को गैरजिम्मेवारपन। एन्फाकै कारण मैदानमा देखिनुपर्ने 'फुटबल' संघभित्रै रुमल्लिरहेको छ।

प्रत्येक वर्ष चर्चा हुने एउटा विषय हो, ए डिभिजन लिग। जुन, एन्फाले ३ वर्षदेखि गर्न नसकेको छैन। लिगको लागि २ पटकसम्म एन्फाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्‍यो। पहिलो पटक असारमा वार्षिक क्यालेन्डर सार्वजनिक भयो, जसमा ए डिभिजन लिगको योजना समेटियो। दोस्रो पटक पनि ६ महिनाको लागि भनेर ए डिभिजनको ढाँचा क्यालेन्डरमा नै सीमित बन्यो। तर, मैदानमा भने खेल हुन सकिरहेको छैन। यसमा मंगलबार एन्फाले पत्रकार सम्मेलन गर्दै बी डिभिजन लिगको कारण ए डिभिजन लिग गर्न समय लागेको जवाफ दियो। एन्फाका महासचिव किरण राईले भने, ‘ए डिभिजन लिग हामीले गर्ने भनेका हौं, नगर्ने भनेका छैनौं। तर, यसबीचमा बी डिभिजन लिगमा केही झमेला आइपर्‍यो, त्यसले गर्दा लिग सर्‍यो।’

कहिल्यै नहुने ए डिभिजन लिग!

ए डिभिजन लिग नभएको साढे २ वर्ष बढी भयो। यले एन्फा र ए डिभिजन क्लबहरू पनि आपसी सहमतिमा आउन सकेका छैनन्। एन्फाले ए डिभिजन लिग होम एण्ड अवेको अवधारणामा गराउने भन्दै गर्दा ए डिभिजन क्लबहरूले आफूहरूसँग मैदान नभएको र लिजको जग्गाका लागि एन्फाको सहयोग चाहिने भन्दै विभिन्न माग राखे।
पुस ९ बाट ए डिभिजन लिगका लागि मिति प्रस्ताव गरेको थियो। त्यसमा क्लबहरूले तत्काल होम एण्ड अवेको अवधारणा अपनाउन नसक्ने बताए।

ए डिभिजन क्लब र एन्फाबीच लिग सञ्चालनको विषयमा छलफल गर्न असोज २६ गते बैठक बोलाइएको थियो। जुन बैठक स्थगित भयो। कारण थियो, असोज २५ गते नै ए डिभिजन क्लबहरूले आयोजक एन्फाको व्यवस्थापनलाई लिएर विभिन्न पक्षमा प्रश्न र सुधारको पक्ष प्रस्तुत गर्‍यो। ए डिभिजन क्लबले सोही सुझावहू संकलन गरेर एन्फामा पेस गर्‍यो।

हालः ए डिभिजन लिग नेपाली फुटबलको सबैभन्दा ठूलो मुद्दा बनेको छ। एन्फा कार्यसमितीका केही रुष्ट पक्षले यो कार्यसमितिले काम गर्न नचाहेको र नसकेको हुँदा यो समितिले राजीनामा दिँदै 'अर्ली इलेक्सन'मा जानुपर्ने भन्दै उपाध्यक्ष वीरबहादुर खड्कालगायतले पत्रकार सम्मेलन गरेका थिए।

ए डिभजिन लिग हालः होम एण्ड अवेमा सम्भव नहुने भएकाले 'टप टायर लिग' गर्ने एन्फा महासचिव किरण राईले बताए। करिब १ घण्टाभन्दा लामो समय ए डिभिजन हुने कि नहुने भन्ने पत्रकारको प्रश्न प्रतिप्रश्नलाई महासचिव राईले टप टायर लिगमा नै सके। उनले भने, ‘हाललाई होम एण्ड अवेको अवधारणा सम्भव भएन। क्लबहरूले कम्तीमा १० महिनादेखि १ वर्षको समय माग गर्नुभएको छ।’

नेपाली फुटबलको मेरुदण्डको रूपमा रहेको ए डिभिजन लिग क्लब र एन्फाको बीचमा रुमलिरहँदा यसमा समर्थकले विरोध गरे। आइतबार एन्फा कार्यालय अगाडि केही युवाहरूको हुलले पोष्टरसहित एन्फाको कार्यविधिप्रति प्रश्न र खिल्ली उडाए। युवा पुस्ताले दिएको शान्तिपूर्ण धर्नाको प्रभाव एन्फा कार्यलयभित्र परेन।

वषौंसम्म ए डिभिजन लिग नहुँदा राष्ट्रिय टिमको छनोटसमेत खुला विधिमा आधारित हुन नसक्दासमेत लिगको टुंगो लगाउन नसक्नु एन्फाको सबैभन्दा ठूलो कमजोरी हो। तर, यसमा क्लबले एन्फालाई र एन्फाले क्लबलाई औंला उठाउनमा व्यस्त छन्। एन्फाका महासचिव किरण राई भन्छन्, ‘लिग हुन्छ। तर, कुन मोडालिटीमा लिग गराउने भन्ने हो। तर, टप टायर लिग हुन्छ। यसमा राष्ट्रिय लिग र ए डिभिजन लिग दुवै पर्ने भएकाले छठ पछि लिगको टुंगो लाग्छ।’

ए डिभिजन क्लबहरू एन्फासँग स्पष्ट मोडालिटी माग गर्छन्, तर एन्फा भने आफैं यसमा स्पष्ट छैन। ‘अब क्लबहरूसँग छलफल गरेर कुन लिग गर्ने भन्ने निर्णय गर्नेछौं,’ महासचिव राईले भने।

एन्फाले मंगलबार ए डिभिजन लिगको पत्रकार सम्मेलन गर्दा ए डिभिजन क्लब संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर सहभागी थिए। उनले पनि क्लब र एन्फाबीच छलफल पछि मात्रै लिगको मोडालिटी टुंगो लाग्ने बताए।

ए डिभिजन लिग वा राष्ट्रिय लिग जुन आयोजना भए पनि यसको विजेताले एएफसी क्लब प्रतियोगिता खेल्न पाउने एन्फाको दाबी रह्यो। तर, नेपाली क्लबले एएफसी प्रतियोगिता खेल्न पाए भने पनि देखाउने एउटा होम ग्राउन्डसमेत छैन। एएफसीले दशरथ रंगशालालाई मापदण्ड पूरा नभएको भन्दा हालः नेपालसँग एएफसीको मान्यता प्राप्त खेल गराउने मैदानसमेत छैन। ‘लिगको विजेताले एएफसी खेल्नमात्रै पाएर भएन। नेपाली क्लबले देखाउने भनेको होम ग्राउन्ड दशरथ रंगशाला मैदान हो। यसको स्तरोन्नति नभइ नहुने छ। यसका लागि हालः राखेपसँग कुरा गरिसकेका छौं,’ संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले भने।

नेपालका कुनै पनि क्लबसँग एएफसीको लाइसेन्स पनि छैन। लिग पनि नहुने र एएफसीको लाइसेन्सको पनि मापदण्ड पूरा नहुँदा नेपालको क्लबहरूले महादेशीय क्लब प्रतियोगिता गुमाइरहेका छन्।

एन्फाको किचलोले मैदानमा प्रशिक्षक पनि निराश
एन्फाभित्रको किचलोले नेपाली टिमको मैदानको प्रदर्शनमा प्रत्यक्ष असर परेको छ। ए डिभिजन लिग नहुँदा करिब १०० भन्दा बढी खेलाडी रोजगारीको लागि विदेशिए। हालः मैदानमा नयाँ खेलाडी र केही पुराना अनुहारले राष्ट्रिय टिम धानिरहेको छ।

एन्फालाई नेपाल फुटबल खेलाडी संघले पनि लिगको विकल्प नरहेको भन्दै विज्ञप्ति पेस गरिसकेको छ। तर, एन्फाले लिगमा गरेको ढिलाइले हालः नेपाली विशेषतः पुरुष टिमको प्रदर्शन खस्किँदै गइरहेको छ।

नेपालले गत महिना बंगलादेशसँग २ खेलसम्मेलित सिरिजको आयोजना गरेको थियो। जसको पहिलो खेलमा नेपालले बंगलादेशलाई गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलको प्रि म्याच प्रेस कन्फ्रेन्समा राष्ट्रिय टिमका प्रशिक्षक म्याट रसले देशमा लिग नहुँदा कुनै पनि टिमसँग ९० मिनेट गोलरहित बराबरी खेल्दा पनि यी खेलाडीले ठूलो प्रशंसा पाउनुपर्छ भनेका थिए। हालः नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङदेखि केही खेलाडी बंगलादेशमा लिग खेल्न गइरहेका छन्। नेपाली टिमका फर्वाड अञ्जन विष्टले सामाजिक सञ्जालमा आफ्नो देशमा लिग नहुँदा अन्य देशमा आएर लिग खेल्नु परेको भन्दै लेखेका थिए।

नेपालले एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेल खेलेको थियो। जसमा ४ मा ४ खेल हार्दै नेपालले एसिया कपको चुनौती सकिसकेको छ।

नेपाली खेलाडी भन्छन्- लिग गराउनुस्
नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङले देशमा लिग नहुँदा पछि खेल्ने खेलाडीसमेत पाउन गाह्रो हुने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै भनेका छन्, ‘भियतनामसँगको होम म्याच सकिएपछि नेपालमा लिग नहुने भन्ने चर्चाले निराशाको अर्को चरणमा पुगेको छु। मैले खेल्न एन्फा एकेडेमी पस्दा कुनै दिन यो परिस्थिति पनि सामना गर्नुपर्छ भन्ने सोचेको पनि थिइनँ।’

उनी थप्छन्, ‘जबसम्म राष्ट्रिय टिममा खेल्ने र राष्ट्रिय टिममा आउन घरेलु फुटबलमा खेल्ने खेलाडीले नियमित फुटबल खेल्न पाउँदैनन्, तबसम्म ठूला टिमसँग नतिजा अपेक्षा गर्नु गलत हुन्छ।’ नेपालले भियतनामसँग अवे खेल ३-१ र होम खेल १-० ले पराजित हुँदा एसियन कप खेल्ने चुनौती पनि सकिएको छ।

अनन्तको स्टाट्सले अब पनि घरेलु फुटबल नहुने हो भने नेपालले हराइरहेको टिमसँग पनि संघर्ष गर्ने दिन आउने आकलन गरेका छन्। ‘एन्फाले लिग गर्ने जिम्मेवारी त पूरा गर्नु छ नै तर सहभागी क्लबहरूले पनि फुटबल टिम निमार्ण गरेर लिगको तयारी थाल्नुहोस्,’ उनले क्लबलाई टिम बनाएर लिगको तयारी थाल्न अनुरोध गरेका छन्।

यसअघि राष्ट्रिय टिमका कप्तान किरणल चेम्जोङले बारम्बार घरेलु लिगको आवश्यकता औंल्याउँदै जतिसक्दो छिटो ए डिभिजन लिग हुनुपर्ने बताउँदै आएका थिए। उनले बंगलादेशसँगको मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा भनेका थिए, ‘लिग भनेको खेलाडी राष्ट्रिय टिममा आउने बाटो हो। जतिसक्दो छिटो लिग हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...