: मोरङको जहदामा घरनजिकै पोखरीमा एक जना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार जहदा गाउँपालिका–५ केवरत टोलका ६० वर्षीय सतन महतो मृत फेला परेका हुन्।
घरनजिक रहेको आफ्नै पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।