मुख्य समाचार
नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग तोकिएको मितिमा नहुने
नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग तोकिएको मितिमा नहुने

: नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग तोकिएको मितिमा नहुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत असोज ७ गते क्यालेन्डर प्रकाशित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग पुस ९ देखि असार २६ गतेसम्म सञ्चालन गरिने जनाइएको थियो। एन्फाले लिग होम एन्ड अवे प्रणालीमा गर्ने दाबी पनि गरेको थियो। तर, मंगलबार पत्रकार सम्मेलन गर्दै तोकिएको मितिमा होम एन्ड अवे प्रणालीमा लिग नहुने जनाएको हो।

‘ए’ डिभिजन लिगका लागि क्लबहरूले समय मागेपछि यो वर्ष होम एन्ड अवे प्रणालीमा नहुने एन्फा महासचिव किरण राईले बताए। ‘एएफसी क्लब लाइसेन्सको मापदण्डअनुसार लिग खेल्न क्लबहरू तयार छन्। तर, क्लबहरूले १० महिनाको समय माग गरेका छन्। क्लबहरूको मागमा हामी सकारात्मक छौं। त्यसैले यो वर्ष होम एन्ड अवे प्रणालीमा लिग हुँदैन’, महासचिव राईले पत्रकारले मंगलबार भने, ‘१० महिनापछि हुने लिगको तयारी अहिले नै थाल्छौं। छठपछि क्लबहरूसँग फेरि छलफल गरेर निष्कर्ष निकाल्नेछौं।’

२०७९/८० को लिग जेठ २३ गते सकिएदेखि एन्फाले अहिलेसम्म लिग गर्न सकेको छैन। पछिल्लोपटक चर्च ब्वाइज युनाइटेडले ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो। तीन वर्षदेखि लिग गर्न नसकेपछि एन्फाको चर्को आलोचना हुँदै आएको छ। लिग नहुँदा नेपाली खेलाडी विदेश पलायन भइरहेका छन्। नेपालमै रहेका खेलाडी पनि विदेशी लिग खेलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...