मुख्य समाचार
पाकिस्तानको विदेश मन्त्रालयले तालिबान अन्तरिम सरकारको अनुरोधमा ४८ घण्टाको युद्धविराम घोषणा
पाकिस्तानको विदेश मन्त्रालयले तालिबान अन्तरिम सरकारको अनुरोधमा ४८ घण्टाको युद्धविराम घोषणा

: पाकिस्तानको विदेश मन्त्रालयले तालिबान अन्तरिम सरकारको अनुरोधमा ४८ घण्टाको युद्धविराम घोषणा गरिएको पुष्टि गरेको छ।

बीबीसी उर्दूका अनुसार तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धविरामको पुष्टि गरेका छन्।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार आज साँझ ६ बजेदेखि युद्धविराम लागू भएको छ। तालिबानको अन्तरिम सरकारले पनि यस अवधिमा वार्ताका लागि अनुरोध गरेको छ।

पाकिस्तानले अफगान तालिबानको अनुरोधमा युद्धविराम लागू गरिएको बताएको छ। अफगान तालिबानका प्रवक्ताले पाकिस्तानको अनुरोधमा युद्धविराम लागू गरिएको बताएका छन्।

यसअघि बुधबार पाकिस्तानले धेरै अफगानी चौकी ध्वस्त पारेको दाबी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानले इजरायललाई आफ्ना पूर्वाधारमा फेरि आक्रमण भए यसपटक कुनै पनि 'संयम' नअपनाइने चेतावनी दिएको छ। इरानका विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै इजरायलले इरानी पूर्वाधारमा आक्रमण गरेको र त्यसको प्रतिकारस्वरूप आफूहरूले आफ्नो शक्ति केवल सीमित रूपमा प्रयोग गरेको बताएका छन्। उनले तनाव घटाउन गरिएको आग्रहका कारण मात्रै पूर्ण प्रतिक्रिया नदिइएको उल्लेख गरेका ...
। अमेरिकी वित्त विभागले इरानी तेलमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ । यो तेल अहिले समुद्रमा छ । जसलाई बढीभन्दा बढी देशहरूलाई बिक्री गर्न अनुमति दिइएको छ । अमेरिकाले वैश्विक बजारमा तेलको मूल्य कम राख्न उक्त कदम चालेको बीबीसीले जनाएको छ । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले एक्समार्फत् यो अल्पकालिक अनुमतिले झण्डै १४ करोड ब्यारेल तेल वैश्विक बजारमा ...
। मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो। आक्रमण ...
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब यूरोको ‘सैन्य ऋण’ रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन् । ब्रसेल्समा आयोजित ईयू शिखर सम्मेलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै ओर्बानले युक्रेनले ’द्रुज्बा’ पाइपलाइनबाट हुने रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाएसम्म हंगेरीले यो ऋण स्वीकृत नगर्ने अडान दोहोर्‍याएका छन् । सन् २०२५ को डिसेम्बरमा ईयू काउन्सिलले यो कोष ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी भीषण युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका छन् । ब्रसेल्समा आयोजित एक कार्यक्रममा बोल्दै गुटेरेसले भने , ‘मलाई विश्वास छ कि यो युद्ध रोक्ने शक्ति अमेरिकाको हातमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेमा यो सम्भव छ।’ उनका अनुसार इजरायलले इरानको सैन्य क्षमता पूर्ण रूपमा नष्ट ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम