मुख्य समाचार
सरकारकै कारण तोकिएको समयमा चुनाव नहुने दावी
सरकारकै कारण तोकिएको समयमा चुनाव नहुने दावी

: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारकै कारण तोकिएको समयमा चुनाव नहुने दावी गरेका छन्। नेकपा एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले चुनाव गराउने वातावरण सरकारले बनाउन नसकेको आरोप लगाए। उनले भने,' चुनाव हुनेवाला छैन। चुनाव गराउने बाटो सरकारले समातेको छैन। '

अन्तरिम सरकारलाई ६ महिनाभित्र चुनाव गर्नुपर्ने म्यान्डेट छ। निर्वाचन आयोगले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ।

अध्यक्ष ओलीले जेनजीको नाममा योजनावद्ध तरिकाले संसद विघटन गरिएको जिकिर गरे। असंवैधानिक ढंगले संसद विघटन गर्नुहुँदैन भनि फैसला गर्ने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नै असंवैधानिक तरिकाले विघटन गरी आफू प्रधानमन्त्री बनेको उनले तर्क गरे।


'यो असंवैधानिक सरकार हो। पूर्वन्यायाधीले के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने कुरा संविधानमा लेख्या छ। पूर्वप्रधान्यायाधीशले आफै फैसला गर्ने । अनि आफै असंवैधानिक ढंगले प्रधानमन्त्री हुने। असंवैधानिक ढंगले संसद विघटन गर्नुहुँदैन भन्ने फैसला गर्ने उहाँहरू। अहिले आफैं असंवैधानिक तरिकाले विघटन गर्ने। यो एउटा योजनाअन्तर्गत गरिएको प्रतिगमन हो,' उनले भने,' जेनजीको माग र जेनजी आन्दोलन भन्ने कुरा योसँग जोडिनु हुँदैन। सुशासन होस् , भ्रष्टाचार नियन्त्रण होस् र फेसबुकलगायत सामाजिक सञ्जाल खुला गरियोस् भन्ने जेनजीका माग थिए।अहिले पनि जेनजीहरूले भनिराख्या छन् प्रधानमन्त्रीको राजीनामा हाम्रो माग थिएन। संसद भंग गर्ने हाम्रो माग होइन्। '

अध्यक्ष ओलीले यतिबेला एमालेको काँधमा असाधारण जिम्मेवारी आएको र यसलाई दृढताका साथ पूरा गर्नुपर्ने बताए। उनले भने, ' यतिबेला एमालेको काँधमा असाधारण जिम्मेवारी आएको छ। त्यो जिम्मेवारी बहन गर्न दृढताका साथ अगाडि बढ्नुपर्छ। यो नै हाम्रो पार्टीको कर्तव्य हो।'

विगतमा जेजस्तो भएपनि अब पार्टीलाई सुदृढीकरण गरेर अघि बढ्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताए। संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको बताए। ...
: रुपन्देहीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देही सूचना जारी गर्दै जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरू बिहान ७ देखि बेलुकी ९ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको हो। चाडपर्वमा मनाउने नाममा कसैको इच्छाविरुद्ध क्रियाकलापहरू तथा समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलाप ...
: बुद्ध मूर्तिसहित आइफोन चोर्ने एक जना पक्राउ परेका छन्। प्रहरी वृत्त नयाँ बानेश्वरले चितवन निवासी २९ वर्षीय विजय लामालाई पक्राउ गरेको हो। आन्दोलनका क्रममा लामाले बुद्ध मूर्ति एक थान, गणेशको मूर्ति अंकित शंखजस्तो एक थान, गणेश मूर्ति एक थान, सिङगिङ्ग बल एक थान र आइफोन फोर्टिन प्रो-म्याक्स एक थान चोरी गरेको प्रहरीले जनाएको छ। उनीविरुद्ध ...
सेयर निष्कासन र लगानीकर्ताले भोगेका समस्या समाधान नभए आन्दोलन गर्ने इप्पानको चेतावनी
: जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार बिहान लौकहीबाट ईनरुवातर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा ३८ वर्षीय सन्तोष बस्नेतको साथबाट प्रतिबन्धित खैरोहिरोईन १२.७० ग्राम फेला पारेको डिएसपी योगराज खतिवडाले बताए। उक्त लागूऔषध र मोटरसाइकलसहित बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए। त्यस्तै, मंगलबार बराहक्षेत्र नगरपालिका–५ कालाबन्जर चोकस्थित सुबेक्षा ...