मुख्य समाचार
सभामुख देवराज घिमिरे र राजनीतिक दलको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष
सभामुख देवराज घिमिरे र राजनीतिक दलको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष

: सभामुख देवराज घिमिरे र राजनीतिक दलको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ। आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा विघटनपछि पहिलोपटक सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरेका थिए।

छलफलका क्रममा एमालेले संसद पुनर्स्थापनामा जोड दिएको छ। अन्य दलहरुले सरकारले निर्वाचनको वातावरण बनाए आफूहरू निर्वाचनमा जान तयार रहेको धारणा राखेका थिए । छलफलपछि कांग्रेस नेता श्याम घिमिरेले प्रतिनिधिसभा विघटन असंवैधनिक रहेपनि अबको निकास संसद पुनर्स्थापना वा निर्वाचन नै भएको बताए। सरकारले निर्वाचनको उचित वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने उनले बताए।

एमालेका नेता महेश बर्तौलाले बैठकमा सहभागी सबै दलले संसद पुनर्स्थापना गरेर जानुपर्छ भन्ने साझा धारणा राखेको जानकारी गराए। उनले सर्वोच्चमा रिट परेकाले हुने फैसलालाई स्वीकार गर्ने बताए। बैठकमा प्रतिनिधि सभा विघटनको विरोध सबै गरेको जानकारी दिए। उनले जेनजीको माग यहि संसदले पूरा गर्न सक्ने भएपनि ठूलो षड्यन्त्र गरेर विघटन गरेको निष्कर्ष निकालेको जानकारी दिए।

उनले भने,‘जेनजीले राम्रा विषय पनि उठाएका छन्। संसद् पुनर्स्थापना गरेर संवैधानिक तरिकाबाटै जेनजीले उठाएका माग सम्बोधन हुन्छ। सबै दलहरूको आआफ्नै निर्णय छन्।’

उनले निर्वाचन घोषणा गरेपनि राजनीतिक दलसँग संवाद नगरेको भन्दै दलहरुले आपत्ति जनाएको बताए। उनले सरकारका मन्त्री निर्वाचन गर्ने वातावरणभन्दा भड्काउनतर्फ केन्द्रित रहेको बताए। उनले वर्तमान सरकारले निर्वाचनका लागि कुनै तयारी नै नगरेकाले संसद् पुनर्स्थापना हुनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताए ।

यसैगरी एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेले राष्ट्रपति कार्यालयबाट संसद विघटनको विज्ञप्ति जारी गर्ने बित्तिकै ८ वटा दलका २२९ जना सांसदले असंवैधानिक भनेर वक्तव्य जारी गरेको उल्लेख गरे। उनले अदालतले सरकार बनेकोदेखि लिएर विघटन असंवैधानिक ठहर गर्‍यो भने नयाँ कोर्सबाट अगाडि बढ्ने बताए। उनले सर्वोच्चमा हिजो १० वटा रिट परेकाले न्यायिक परीक्षण हुने बताए। उनले सभामुख संसद विघटनको मुद्दा लिएर नजाने बताए।

यसैगरी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग सम्बोधन नगरी संसद पुनर्स्थापना गर्न नहुने सभामुखलाई सुझाव दिएको बताए। उनले प्रत्यक्ष कार्यकारी, प्रदेश खारेज लगायतका माग संसद पुनर्स्थापना गरेर पारित गर्ने प्रतिबद्धता जनाएपछि मात्र पुनर्स्थापना हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताए। संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको बताए। ...
: रुपन्देहीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देही सूचना जारी गर्दै जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरू बिहान ७ देखि बेलुकी ९ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको हो। चाडपर्वमा मनाउने नाममा कसैको इच्छाविरुद्ध क्रियाकलापहरू तथा समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलाप ...
: बुद्ध मूर्तिसहित आइफोन चोर्ने एक जना पक्राउ परेका छन्। प्रहरी वृत्त नयाँ बानेश्वरले चितवन निवासी २९ वर्षीय विजय लामालाई पक्राउ गरेको हो। आन्दोलनका क्रममा लामाले बुद्ध मूर्ति एक थान, गणेशको मूर्ति अंकित शंखजस्तो एक थान, गणेश मूर्ति एक थान, सिङगिङ्ग बल एक थान र आइफोन फोर्टिन प्रो-म्याक्स एक थान चोरी गरेको प्रहरीले जनाएको छ। उनीविरुद्ध ...
सेयर निष्कासन र लगानीकर्ताले भोगेका समस्या समाधान नभए आन्दोलन गर्ने इप्पानको चेतावनी
: जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार बिहान लौकहीबाट ईनरुवातर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा ३८ वर्षीय सन्तोष बस्नेतको साथबाट प्रतिबन्धित खैरोहिरोईन १२.७० ग्राम फेला पारेको डिएसपी योगराज खतिवडाले बताए। उक्त लागूऔषध र मोटरसाइकलसहित बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए। त्यस्तै, मंगलबार बराहक्षेत्र नगरपालिका–५ कालाबन्जर चोकस्थित सुबेक्षा ...