मुख्य समाचार
भारतको राजस्थानको भाजैसलमेरबाट जोधपुर आउँदै गरेको एसी बसमा आगलागी हुँदा २० जना यात्रुको मृत्यु
भारतको राजस्थानको भाजैसलमेरबाट जोधपुर आउँदै गरेको एसी बसमा आगलागी हुँदा २० जना यात्रुको मृत्यु

: भारतको राजस्थानको भाजैसलमेरबाट जोधपुर आउँदै गरेको एसी बसमा आगलागी हुँदा २० जना यात्रुको मृत्यु भएको छ। आगलागी पछि मुख्यमन्त्री भजनलाल शर्मासँगै घटनास्थल पुगेका विधायक प्रताप पुरीले बसबाट १९ वटा शव निकालिएको सञ्चारमाध्यमलाई बताएका छन्। जोधपुर रेफर गरिएका एक घाइतेको मृत्यु भएको छ।

बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 'राजस्थानको जैसलमेरमा भएको बस आगजनीमा परी ज्यान गुमाउनेहरूप्रति म दु:खी छु। यस कठिन समयमा उहाँहरूका परिवारहरूसँग छु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु,' प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन्।

यसका साथै उनले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन्। मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको एउटा निजी एसी बसमा अचानक आगलागी भएको थियो। धेरै यात्रुहरू गम्भीर रूपमा जलेका थिए। प्राथमिक उपचारपछि उनीहरूलाई जैसलमेरबाट जोधपुर सारिएको थियो।

आगलागीबाट बस पूर्णरूपमा जलेर खरानी भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक ब्रिक्स देशहरूलाई निशाना बनाएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने,ʻमैले ब्रिक्समा सामेल हुन चाहनेहरूलाई भनेको थिएँ, त्यो ठीक छ। तर हामी तपाईंको देशमा शुल्क लगाउनेछौं। त्यसपछि सबैले ब्रिक्स छोडे। तिनीहरू सबै ब्रिक्स छोड्दैछन्।ʼ उनले थप भने,ʻब्रिक्स डलरमाथि आक्रमण थियो। मैले भनेँ कि यदि तपाईं यो ...
: पाकिस्तानको विदेश मन्त्रालयले तालिबान अन्तरिम सरकारको अनुरोधमा ४८ घण्टाको युद्धविराम घोषणा गरिएको पुष्टि गरेको छ। बीबीसी उर्दूका अनुसार तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धविरामको पुष्टि गरेका छन्। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार आज साँझ ६ बजेदेखि युद्धविराम लागू भएको छ। तालिबानको अन्तरिम सरकारले पनि यस अवधिमा वार्ताका लागि अनुरोध गरेको छ। पाकिस्तानले अफगान तालिबानको अनुरोधमा युद्धविराम लागू गरिएको बताएको ...
बंगलादेशको गार्मेन्ट कारखानामा भीषण आगलागी, कम्तिमा १६ जनाको मृत्यु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्ट, कतार र टर्कीका नेताहरूले गाजामा शान्ति पुनर्स्थापना गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन्। सोमबार इजिप्टको शर्म अल-शेखमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशका नेताहरूको उपस्थितिमा हस्ताक्षर भएको थियो। यस अवसरमा ट्रम्पले भने,' एउटा नयाँ र सुन्दर दिन सुरू हुँदैछ, अब पुनर्निर्माण सुरु हुँदैछ।' उनले इजरायल र हमास बीच युद्धविराम ...
: इजरायलको राष्ट्रपति कार्यालयले अमेरिकी राष्ट्रपति ट्रम्पलाई देशको सबैभन्दा ठूलो नागरिक पदकबाट विभूषित गर्ने घोषणा गरेको छ। हमासले बन्धक बनाएका ४८ जनाको मुक्तिका लागि ट्रम्पले निर्वाह गरेको भूमिकाका लागि उनलाई सम्मानित गर्न लागिएको हो। इजरेली राष्ट्रपति आइज्याक हर्सोगले संसद्‌मा हुने भेटमा ट्रम्पलाई त्यसबारे औपचारिक जानकारी दिनेछन्। यद्यपि उक्त पदक अहिले नभइ पछि दिइनेछ। इजरेल जानुअघि ट्रम्पले ...